काठमाडौँ । पूर्वाधार विकासका काम आर्थिक वर्षको अन्तिम महिनानामा हुने क्रम रोकिएको छैन । तीनै तहका सरकारको बजेट पारित अघिल्लो वर्षको असारमै हुने कानूनी व्यवस्था गरिएको छ । विनियोजित बजेट तह लगाउने उद्देश्यले अन्तिम समयमा काम हुँदा गुणस्तरमा सम्झौता हुने गरेको छ ।
यसले गर्दा विकास निर्माणमा छुट्याइएको बजेट बालुवामा पानी हाले सरह भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको केन्द्र थलीबाट मूलपानीको प्लटिङमा निस्कने भित्री सडककमा असारको तेस्रो साता बल्ल काम थालिएको छ । असारे झरीका बीच सडकमा काम हुँदा गुणस्तरमा सम्झौता भएको स्थानीयवासीको गुनासो छ ।
भित्री कच्ची सडकमा मुसलधारे वर्षाका बीच काम हुँदा बाटो हिलोले हिँड्न नसकिने, पैदल यात्री एवं सवारी वाहक चिप्लिएर लडेर घाइते हुने लगायत समस्या रहेको स्थानीयवासी श्रीराम सापकोटाले बताए । निर्माण स्थलमा सूचना पाटी समेत नदेखिँदा कति सडकमा के काम गर्न लागिएको भन्ने थाहा नभएको उनले भने । सडक निर्माणका क्रममा सिमेन्टको मात्रा समेत कम प्रयोग भएको स्थानीयवासीको भनाई छ ।
स्थानीयवासीले गुणस्तरीयता कायम हुनुपर्यो भनी राखेको माग पनि निर्माण व्यवसायीले सुनेका छैनन् । नगर प्रमुख कृष्णहरि थापा वाग्मती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालयको ठेक्कामा काम भइरहेको बताए । असारे झरीमा ग्राभेल नहाल्न नगरपालिकाले समेत अनुरोध गरेको उनले बताए ।
जिल्ला प्रशासन कार्यालबाट दरभाउ नआई बोलपत्र नहुने, असोजसम्ममा मात्र दरभाउ आउने, त्यसपछि टेण्डर गर्दा काम गर्ने समय असारमै पुग्ने गरेको नगरपालिकाले जनाएको छ । यसमा सुधारका लागि प्रशासन कार्यालय र महालेखा परीक्षकको कार्यालयलाई समेत अनुरोध गरिएको नगर प्रमुख थापाले जानकारी दिए ।
पूर्वाधार विकास कार्यालय अन्तर्गत ठेक्का भई प्लम्ब वाल लगाउने काम सम्पन्न भइसकेको इञ्जिनीयर सुजन थापाले बताए । त्यही सडकको मूलपानी प्लटिङतिरको भागमा नगरपालिकाले काम गरिरहेको छ । नगरपालिकाको काममा भने विभिन्न किसिमका समस्या आएको सुनिएको उनले जानकारी दिए । त्यो सडकका विषयमा स्थानीयवासीले बिरोध समेत गरिरहेका छन् । कार्यालयले गरेको भागमा भने सूचना पाटी राखिएको उनको भनाइ छ । त्यस क्षेत्रमा रु एक करोडको लागतमा ५८८ घनमिटरको वाल निर्माण भएको जनाइएको छ ।
नगरपालिकाको वडा नं.–५ को एउटै सडकमा एकातिर पूर्वाधार विकास कार्यालय र अर्कोतिर नगरपालिकाले काम गरिरहेको छ । नगर प्रमुख थापा पनि त्यस क्षेत्रमा नगरपालिकाको योजना समेत सञ्चालनमा रहेको स्वीकार्नुहुन्छ । वर्षामा ग्राभेल भने नहाल्ने उनको भनाई छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: