Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

उत्पादनलाई बढाउन यान्त्रिकरणलाई जोड दिदैँ

रुकुमपश्चिम । परम्परागत कृषि प्रणालीमा सुधार गरी कृषि उत्पादनलाई बढाउन दिन रुकुमपश्चिममा यान्त्रिकरणलाई जोड दिइएको छ । विभिन्न उपकरणको प्रयोग बढाई परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गर्ने उद्देश्यले जिल्लाका कृषकलाई हाते ट्र्याक्टरलगायत आधुनिक औजार वितरण भइरहेका छन् ।

यसअन्तर्गत कृषि विकास कार्यालयले यान्त्रिकरण र व्यवसायीकरण गर्ने ध्येयले जिल्लाका २९ वटा समूह तथा सहकारीलाई अनुदानमा हाते ट्र्याक्टर उपलब्ध गराएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गतको २० लाख बजेट र किसानसमेतको लगानीमा जिल्लाका विभिन्न व्यक्ति, समूह, फर्म र सहकारीलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका निमित्त प्रमुख राजेश साहका अनुसार चालू आर्थिक वर्ष २०७६÷७७ को यान्त्रीकरण वितरण कार्यविधि अनुसार पकेट तथा ब्लक कार्यक्रममा आएको बजेटले ती हाते ट्र्याक्टर वितरण गरिएको छ । कूल ६८ वटा हाते ट्र्याक्टर वितरण गर्ने कार्यक्रम रहेकामा बाँकीलाई पनि छिट्टै वितरण गरिने उनको भनाई छ ।

यसका लागि व्यक्ति तथा फर्मलाई ५०, समूहलाई ६० र सहकारीलाई ७० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण भइरहेको छ । कृषकको मागका आधारमा हाते ट्र्याक्टर वितरण गर्ने कार्यक्रम स्वीकृत भएको कृषि विकास कार्यालयले जनाएको छ । हाते ट्र्याक्टरमार्फत कृषि कर्ममा लागेका किसानलाई आधुनिक कृषि प्रणालीमा जोड्न सजिलो हुने विश्वास गरिएको छ ।

वितरण गरिएका ट्र्याक्टर खेत तथा पाखोबारीमा पनि सजिलै प्रयोग गर्न सकिने खालका रहेको कार्यालयले बताएको छ । परम्परागत शैलीमा खेतीपाती गर्दा दुःख धेरै हुने तर उत्पादन कम हुने समस्या रहेको अवस्थामा यान्त्रिकीरणलाई जोड दिइ उत्पादन बढाउने लक्ष्य सो कार्यालयले लिएको छ ।

जिल्लामा कृषि पेशा अझै पनि परम्परागत शैलीमै चलिरहेको छ । स्थानीय काठे हलोसहित स्थानीय कुटो, कोदालाका भरमा खेतीपाती भइरहेको छ । तर पछिल्ला केही वर्षदेखि भने कृषिमा यान्त्रिकीकरणलाई जोड दिइएको छ । प्रविधिले खेतीपाती गर्नमा सहजता आउनुका साथै कृषि उत्पादनमा समेत वृद्धि भइरहेको कृषकको भनाइ छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy