Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

इङ्ल्याण्ड प्रवेश गर्दा ५० मुलुकका पर्यटकका लागि क्वारेन्टिनको व्यवस्था खारेज, अमेरिकाका लागि निरन्तरता

लण्डन । कोरोनाभाइरसका कारण बढी प्रभावित यूरोपेली मुलुकहरू फ्रान्स, इटली र स्पेनसहितका ५० मुलुकसँगको अवागमनलाई थप सहज पार्दै त्यहाँबाट इङ्ल्याण्ड आउने पर्यटकका लागि यही जुलाई १० देखि क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्थाको अन्त्य गरेको बेलायत सरकारले शुक्रबार जानकारी गराएको छ । तर अमेरिकाका लागि भने यो व्यवस्थालाई निरन्तरता दिइएको छ ।

यद्यपि स्कटल्याण्ड, वेल्स, नर्दन आयरल्याण्डले भने यस विषयमा आफ्नै किसिमले निर्णय गर्ने सरकारले जनाएको छ । बेलायतका यातायात मन्त्री ग्र्यान्ट शेप्सले भने, “विदेशबाट आउने व्यक्तिका लागि दुई हप्तासम्म क्वारेन्टिनमा बस्नुपर्ने जुनमा व्यवस्था गरिएको नीतिलाई परिवर्तन गर्दै ती मुलुकबाट जुलाई १० देखि इङ्ल्याण्ड प्रवेश खुला गरिन लागेको जानकारी दिए ।

शेप्सले भने, “प्रवेशका लागि खुला गरिएका ५० मुलुकहरूको विवरण शुक्रबार नै सरकारले उपलब्ध गराउनेछ ।”

सरकारले कोरोना भाइरस महामारीबीच विभिन्न मुलुकबाट आउने पर्यटकलाई ट्राफिक लाइट प्रणाली अन्तर्गत रातो, पहेँलो र हरीयो रङमा विभक्त गरी सोही अनुसार जोखिम न्यूनिकरणका पायको अवलम्वन गर्ने बताएकोे छ ।

हरियो र पहेँलो रङमा परेका मुलुकबाट इङ्ल्याण्ड आउँदा सेल्फ–आइसोलेसनमा बस्नु नपर्ने भएको छ भने रातोमा पर्नेलाई पूरानै नियम अर्थात् १४ दिनसम्म आइसोलेसनमा बस्नुपर्नेछ ।
इङ्ल्याण्डभन्दा कम प्रभावित मुलुकलाई हरीयो र बढी प्रभावित तर पछिल्लो समय सङ्क्रमण नियन्त्रण उन्मुख रहेका मुलुकलाई पहेलोमा राखिने मन्त्री शेप्सले बताए ।

पहेँलोमा पर्ने मुलुकहरूमा फ्रान्स, इटल्ी स्पेनलगायतलाई विदामा इङ्ल्याण्ड आउन खुला गरिएको छ । त्यहाँबाट बेलायतमा गर्मीको छुट्टी मनाउन बेलायतका विभिन्न गन्तव्यमा आउने गरेका छन् ।

तर संयुक्त राज्य अमेरिका र ग्रीसजस्ता देशबाट गर्मीको छुट्टी मनाउन बेलायतका विभिन्न गन्तव्यमा आउने गरेका भएपनि तिमुलुकबाट बेलायत आउँदा क्वारेन्टिनमा बस्नुपर्ने बताइएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: