सल्यान। पिसिआर परीक्षणको रिपोर्ट आउन ढिला भएपछि सल्यानको बनगाड नगरपालिका–३ लहाघाटस्थित आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका ७० जना भागेर घर गएका छन् । भाग्ने क्रममा उनीहरूको प्रहरीसँग झडप भएको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - गत १९ जेठदेखि यहाँको क्वारेन्टाइनमा ७३ जना बसेका थिए । १७ दिनपछि मात्रै पिसिआर परीक्षणका लागि उनीहरूको स्वाब संकलन गरिएको थियो । तर, दुई हप्ता बित्दा पनि रिपोर्ट नआएपछि आक्रोशित भएका स्थानीय क्वारेन्टाइन छाडेर भागेका हुन् ।
नगरपालिकाका मेयर गोविन्दकुमार पुनका अनुसार भाग्ने क्रममा उनीहरूले प्रहरीलाई ढुंगामुढा गरेका छन् । उनीहरूको खोजी भइरहेको छ । मेयर पुनका अनुसार उनीहरूको स्वाब संकलन गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको थियो ।
त्यहाँको पिसिआर मेसिन बिग्रिएपछि नेपालगन्ज पठाइएको थियो । नेपालगन्ज प्रयोगशालाले ‘आज हुन्छ, भोलि हुन्छ’ भन्दै झुलाइरहेको उनले बताए । स्थानीय सरकारले रिपोर्ट चाँडो ल्याउन पहल नगर्दा एक महिनादेखि क्वारेन्टाइनमै बस्नु परेकाले भागेको स्थानीयको गुनासो छ ।
कोरोना महामारी बढ्दै जाँदा समेत प्रदेश सरकारले राम्रो पिसिआर मेसिन व्यवस्थापन गर्न नसक्दा आफूहरूले रोकथामका लागि सास्ती खेप्नुपरेको मेयर पुनले बताए । ‘प्रदेश सरकारले यसबारे ध्यानै दिएको छैन ।
हामीहरूले क्वारेन्टाइनमा बसेकाको व्यवस्थापनमा रातदिन खटिँदा समेत गाली खानुपरेको छ,’ उनले भने । कोरोना संक्रमण देखिएपछि बनगाड कुपिण्डे नगरपालिकामा मात्रै भारतबाट फर्किएका करिब २५ सयलाई क्वारेन्टाइनमा राखिएको थियो । तर, अहिले एक सयको हाराहारीमा मात्रै क्वारेन्टाइनमा छन् ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: