Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

पर्यटनमा ४१ अर्ब क्षति

काठमाडौं । पर्यटन तथा उड्डयन क्षेत्रमा लकडाउन अवधिभर करिब ४१ अर्ब रुपैयाँ बराबरको क्षति हुने अनुमान गरिएको छ। कारोना महामारी न्यूनीकरणका लागि सरकारले गत चैत ११ गतेबाट लकडाउन लागु गरेको थियो भने सरकारको पछिल्लो निर्णय अनुसार आगामी साउन ७ गतेसम्मलाई यो अवधि कायम गरिएको छ।

आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ - पर्यटन तथा हवाई क्षेत्रमा प्रतिमहिना सरदर १० अर्बको कारोबार मूल्यको प्रत्यक्ष क्षति भएको अनुमान गरिएको छ। यस तथ्यांकलाई आधार मानेर नै लकडाउन अवधिभर ४१ अर्ब बराबरको क्षति हुने अनुमान पर्यटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

पर्यटन तथा हवाई क्षेत्रको नोक्सानी अध्ययन गर्न नेपाल पर्यटन बोर्ड तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट गठन भएको अध्ययन कमिटीले उक्त प्रतिवेदन तयार गरेको होे। प्रतिवेदनअनुसार चैत ११ गतेदेखि अहिलेसम्म आइपुग्दा ३४ अर्ब रुपैयाँ बराबरको नोक्सान भएको छ। पछिल्लो लकडाउन अवधि साउन ७ गतेसम्म पुग्दा थप ७ अर्ब नोक्सानी बढ्ने अनुमान गरिएको छ। कोरोना भाइरसका कारण पर्यटन गतिविधि ठप्प भएको करिब ४ महिनापछि पर्यटन मन्त्रालयले यस क्षेत्रको क्षतिसम्बन्धी तथ्यांक सार्वजनिक गर्दै क्षतिको आंकलन गरेको हो।

पर्यटन तथा हवाई क्षेत्रमा भएको नोक्सानीको विवरण बनाइ बजेटको नीति तथा कार्यक्रम तर्जुमा गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयमा पठाइएको र नोक्सान अध्ययन गर्न राष्ट्रिय योजना आयोगमा गठित समितिलाई विवरण उपलव्ध गराएको मन्त्रालयले जानकारी दिएको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE