Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

पार्टीभित्र र कांग्रेससँग समानान्तर संवादमा ओली

ओलीले कांग्रेससँग संवाद अघि बढाएर पार्टीभित्रका प्रतिपक्षलाई दबाबमा पारेका छन्

काठमाडौं । प्रधानमन्त्री केपी ओली आन्तरिक रूपमा नेकपा र बाह्य रूपमा कांग्रेससँग संवादमा सक्रिय भएका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - पार्टीभित्रको विवाद नमिले कांग्रेससँग समीकरण गरेर अघि बढाउन पनि उनले समानान्तर संवाद जारी राखेका छन् । प्रधानमन्त्री ओलीले प्रतिपक्ष कांग्रेससँग संवाद अघि बढाएर पार्टीभित्रका प्रतिपक्षलाई दबाबमा पारेका छन् ।

विवाद मिलाउन पार्टीभित्र पनि निरन्तर संवाद भइरहेको छ । आइतबार पनि अध्यक्षद्वय ओली र प्रचण्डबीच संवाद भएको छ । ‘म प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्दिनँ, अन्य विषयमा छलफल गर्न तयार छु,’ उनले फेरि पनि दोहोर्‍याएका छन् ।

ओलीले पार्टीभित्रैबाट अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आफूलाई हटाउने र राष्ट्रपति विद्या भण्डारीलाई महाअभियोग लगाउने तयारी गरिरहेको दाबी गरेपछि आइतबार यसै विषयमा प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्डबीच संवाद भएको छ ।

राष्ट्रपतिलाई स्पष्ट पार्न भन्दै प्रचण्ड, नेपाल र खनाल आइतबार शीतलनिवास पुगेका थिए । राष्ट्रपतिलाई भेटेपछि प्रचण्डले बालुवाटारमा ओलीलाई भेटेका थिए । उनीहरूबीच सहयोगी नेताहरूसहित करिब पौने दुई घन्टा छलफल भए पनि मुख्य एजेन्डामै प्रवेश नगरी छलफल टुंगिएको थियो ।

दुई अध्यक्षबीचको छलफलमा पूर्वएमाले समूहबाट महासचिव विष्णु पौडेल र मुख्यमन्त्री शंकर पोखरेल तथा पूर्वमाओवादी समूहबाट स्थायी कमिटी सदस्य जनार्दन शर्मा र ऊर्जामन्त्री वर्षमान पुन सहभागी थिए । छलफलमा दुवै पक्षबीच अविश्वास बढ्नुका कारण र पछिल्ला आरोप–प्रत्यारोपमा केन्द्रित रहेर खुला छलफल भएको सहभागी एक नेताले बताए ।

एकताको मर्मविपरीत पार्टीको स्थापित मूल्य–मान्यता र विधिलाई चुनौती दिएर खुमलटारमा निरन्तर सचिवालय नेताहरूको छलफल राखेर आफूविरुद्ध षड्यन्त्र गरिएको भन्दै प्रधानमन्त्री ओलीले आक्रोश पोखेका थिए ।

प्रचण्डले पार्टी फुटाउने गरी अध्यादेशको तयारी भएपछि छलफल गर्नुपर्ने बाध्यात्मक अवस्था आएको प्रस्टीकरण दिएको नेताहरूको भनाइ छ । ओली र प्रचण्डबीच अध्यादेश र महाअभियोगको विषयमा केन्द्रित रहेर केहीबेर सवाल–जवाफ पनि भएको थियो ।

‘तपाईंहरू नियमित अलग्गै खुमलटारतिर बसेर के–के गर्न खोज्दै हुनुहुन्छ, के त्यसरी छलफलमा बसेर पार्टी एकता जोगिन्छ रु कि पार्टी फुटाउन खोज्दै हुनुहुन्छ रु’ प्रधानमन्त्री ओलीले भनेका थिए ।

विनातथ्य–प्रमाण उल्टै आफूहरूलाई राष्ट्रपतिविरुद्ध महाअभियोग ल्याउने तयारी गरेको भन्दै पार्टीपंक्तिलाई उत्तेजित बनाउन खोजेको भन्दै प्रचण्डले ओलीको विरोध गरेका थिए । ‘तपाईंले समझदारी नै नगरी एक्कासी संसद् अधिवेशन अन्त्य गरेर पार्टी फुटाउनका लागि अध्यादेश ल्याउने तयारी अघि बढाएपछि हामीले छलफल गर्नुपरेन रु’

सहभागी ती नेताले भने, ‘तपाईं ९प्रधानमन्त्री० जस्तो जिम्मेवार व्यक्ति भएर हामीमाथि राष्ट्रपतिमाथि महाअभियोग तयारी गरेको भन्दै झुटो प्रचार गर्ने रु यसरी पार्टी एकतामा संकट पु¥याउने काम नगर्नुस् ।’

जवाफमा प्रधानमन्त्री ओलीले भने कानुन व्यवसायीहरूलाई बोलाएर महाअभियोगकै लागि छलफल गरेको सूचना प्राप्त भएको दाबी गरेका थिए भने प्रचण्डले प्रतिवाद गरेका थिए । ‘मलाई सबै थाहा छ, क–कसलाई बोलाएर के–के छलफल गरिरहनु भएको छ,’ ओलीको भनाइ थियो । प्रचण्डको जवाफ थियो, ‘तपाईंलाई के थाहा छ रु बरु, तपाईंले पार्टी फुटाउन थालेपछि कानुन व्यवसायीसँग परामर्श भएको हो, त्यो आवश्यक थियो ।’

ओली र प्रचण्डले सहमतिको खोजी गर्न दोस्रो तहका नेताहरू पौडेल, पोखरेल, पुन र शर्मालाई अनौपचारिक गृहकार्य गर्नसमेत निर्देशन दिएका छन् । ‘उहाँहरूले आरोप–प्रत्यारोप अबदेखि बन्द गरौं, दूरी नबढाऊँ, तपाईंहरूले पनि गृहकार्य गर्नुस् भन्नु भएको छ,’ सहभागी एक नेताले भने, ‘कार्यदल नै बनेकोचाहिँ होइन, तर हामीलाई पनि गृहकार्य गर्नुस्, भनेर अनौपचारिक जिम्मेवारी दिइएको छ ।’

ओली निकट एक नेताले भने, ‘नयाँ ढंगले सोचौँ भन्ने कुरा भएको हो । हुन्छ सबैले आ–आफ्नो तरिकाले सोचौँ र सोमबार थप छलफल गरौँ भन्ने भएर उठेका छौँ ।’

बालुवाटार छलफलअघि र पछि अध्यक्ष प्रचण्डले वरिष्ठ नेता नेपालसँग खुमलटारस्थित निवासमा दुईपटक छलफल गरेका छन् । राष्ट्रपति विद्या भण्डारीसँगको भेट र बालुवाटार जानुअघि छलफल गरेर प्रचण्ड र नेपाल सँगसँगै शीतलनिवास पुगेका थिए । ओलीसँगको संवादलगत्तै खुमलटारमै प्रचण्डले नेपाललाई छलफल एजेन्डाकेन्द्रित नभएको र सकारात्मक दिशाउन्मुख नभएको ‘ब्रिफिङ’ सुनाएका थिए ।

राष्ट्रपतिसँग शीर्ष नेताहरूको भेट
ओलीको अनर्गल प्रचारबाट तरंगित नहुनुस् भनेर सम्झायौं स् खनाल
नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले महाअभियोगको प्रचार झुटो भएकाले तरंगित नबन्न राष्ट्रपति विद्या भण्डारीलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीले शनिबार साँझ मन्त्रीहरूलाई बोलाएर आफूलाई हटाउने र राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी भइरहेको सूचना पाएको भन्दै आफूले पनि ‘बाई वर्ड, बाई स्टेप्स’ ९वचन र कर्मले० सामना गर्ने बताएका थिए ।

प्रधानमन्त्रीको अभिव्यक्ति आएको भोलिपल्टै नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेताहरू झलनाथ खनाल र माधव नेपाल राष्ट्रपतिलाई भेट्न शीतलनिवास गएका थिए । ‘केपी ओलीले आफूलाई हटाउने मात्र होइन, राष्ट्रपतिविरुद्ध पनि महाअभियोग लगाउने तयारी भएको छ भनेर मन्त्रीहरूसँग भनेका कारण हामीले भेटेरै प्रस्ट पार्‍यौं ।

त्यो केवल केपी ओलीको अनर्गल प्रचार भएका कारण त्यसबाट तरंगित हुनुपर्ने आवश्यकता छैन भन्ने आग्रह गरेका छौँ,’ वरिष्ठ नेता खनालले भने, ‘उहाँले ठीकै छ, धन्यवाद छ, मैले त्यस्तो केही सोचेकै छैन भन्नुभो ।’

आफूवरिपरिका ‘हनुमान’हरूले दिने गलत सूचनाका आधारमा ओलीले परिस्थितिलाई उत्तेजित बनाउने गरी अभिव्यक्ति दिने गरेको खनालको टिप्पणी छ । ‘खासमा हामीले पार्टी विभाजनसम्बन्धी अध्यादेश आएको अवस्थामा के हुन्छ भन्ने विषयमा मात्र कानुन व्यवसायीसँग परामर्श गरेका हौँ,’ खनालले भने, ‘तर, महाअभियोग लगाउने चर्चा नै गलत हो ।’
केन्द्रीय कमिटी बैठक राख्न हस्ताक्षर अभियान

नेकपाको आन्तरिक विवाद समाधान गर्न नेतृत्व असफल हुँदै गएको भन्दै केन्द्रीय कमिटी बैठक माग गर्दै हस्ताक्षर संकलन सुरु भएको छ । केन्द्रीय सदस्यहरू डा। विजय पौडेल, जगन्नाथ खतिवडा, कृष्ण केसी, ठाकुर गैरे, हिमाल शर्मा, रामकुमारी झाँक्रीलगायतले हस्ताक्षर संकलन सुरु गरेका हुन् ।

नेतृत्व असफल हुँदै गएको भन्दै उनीहरूले विधिसम्मत ढंगले छलफल गरेर केन्द्रीय कमिटी बैठकले नै एकता जोगाउने दाबी गरेका छन् । अहिलेसम्म करिब ५५ जना केन्द्रीय सदस्यले हस्ताक्षर संकलन गरिसकेको र मंगलबारसम्म सयभन्दा बढीको संकलन गरिने अभियानको नेतृत्व गरिरहेका केन्द्रीय सदस्य गैरेले बताए ।

केन्द्रीय कमिटी बैठक ६ महिनाको अन्तरमा बस्ने वैधानिक व्यवस्था छ । तर, पार्टी एकता भएयताका दुई वर्षमा एकपटक मात्र गत माघमा मात्र बैठक बसेको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy