काठमाडौं । नेपाली शान्ति सैनिकका दुई डफ्फा एउटै विमानमार्फत मङ्गलबार राति द्वन्द्वग्रस्त मुलुक सेन्ट्रल अफ्रिकन रिपब्लिक र माली प्रस्थान गर्दैछन् । कोभिड–१९ को जोखिम नियन्त्रण र रोकथाम गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले बदली हुन जाने शान्ति सेना पठाउने कार्यलाई केही समय स्थगन गरेको थियो ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा ती मुलुकमा तीन महिना अघि नै खटिई जानुपर्र्ने शान्ति सैनिक कोभिड–१९ कै कारण रोकिन परेको थियो । नेपाल वायु सेवा निगमको न्यारोबडी जहाजमार्फत शान्ति सैनिक पठाउन लागिएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।
उक्त विमानमा सेन्ट्रर अफ्रिकन रिपब्लिकका लागि ५६ सैनिक प्रहरी र मालीका लागि १२८ सैनिक इञ्जिनीयरको प्राविधिक टोली जानेछ । जङ्गी अड्डाका अनुसार, केही समयपछि नै २३० जनाको शान्ति सैनिकको अर्को टोली द्वन्द्वग्रस्त मुलुक लिबिया प्रस्थान गर्नेछ ।
सुडानका लागि प्रस्थान गर्नुपर्ने अर्को शान्ति सैनिक टोली सम्पूर्ण तालीम प्रशिक्षण पूरा गरे पनि त्यहाँबाट अनुमति प्राप्त भई नसकेका कारण त्यसतर्फ जान थप केही समय कुर्नपर्ने देखिएको छ । सुडान खटिने नेपाली शान्ति सैनिकको सङ्ख्या ७०० छ । पछिल्लो समय द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ परिचालित शान्ति सैनिकको डफ्फा एक वर्षका लागि खटिँदै आएको छ ।
नेपाली सेनालाई ४३ मिसनको अनुभव
विभिन्न मुलुकमा स्थापना भएका ४३ वटा मिसनमा खटिएर हालसम्म एक लाख २९ हजार ९१७ नेपाली शान्ति सैनिकले विश्व शान्तिका लागि योगदान पु¥याइसकेका छन् । संयुक्त राष्ट्रसङ्घको आह्वानमा हाल विश्वका १२ मिसनमा रही तत् देशमा शान्ति स्थापनार्थ पाँच हजार ९१ नेपाली शान्ति सैनिक परिचालित छन् । शान्ति सैनिकमा खटिने महिला सैनिकको सङ्ख्या हाल १८० जना छ ।
नेपाल प्रहरीका २३९ र सशस्त्र प्रहरी बलको ३४६ को सङ्ख्यामा जनशक्ति विभिन्न द्वन्द्वरत मुलुकमा शान्ति स्थापनाका लागि खटिरहेको छ । त्यसरी खटिने क्रममा हालसम्म ६८ नेपाली शान्ति सैनिकले वीरगति प्राप्त गरेका छन् भने ६६ सैनिक गम्भीर घाइते भएका सेनाले जानकारी दिएको छ ।
अहिले शान्ति सैनिक धेरै पठाउने मुलुकको सूचीमा नेपाल चौँथो वरियतामा छ । संयुक्त राष्ट्रसङ्घलाई नेपालले १० हजारको सङ्ख्यामा नेपाली शान्ति सैनिक उपलब्ध गराउन सक्ने जानकारी दिइसकेको छ ।
द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनाका लागि गरेको योगदानका आधारमा फोर्स कमाण्डरलगायत उच्चतहको जिम्मेवारी पाउनुपर्ने माग गर्दै आएको छ । पछिल्लो समय नेपाली सेनाका उपरथी ईश्वर हमालले फोर्स कमाण्डरको जिम्मेवारी पाएका छन् । उनी उक्त पद प्राप्त गर्ने नेपाली सेनाका छैटौँ उच्च अधिकृत छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: