काठमाडौं । सर्लाहीको धनकौल गाउँपालिकामा भएको गोलीकाण्डका पीडित काठमाडौं आइपुगेका छन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १४ असारमा भएको घटनाका घाइतेहरू दोषीलाई कारबाहीको मागसहित गृह मन्त्रालय गुहार्न काठमाडौं आएका हुन् । धनकौल बजारमा भएको गोलीकाण्डको अनुसन्धानमा प्रहरी प्रभावित भएको भन्दै पीडित र तिनका आफन्तले मंगलबार गृहमन्त्री रामबहादुर थापा बादलको ध्यानाकर्षण गराएका छन् ।
नेकपाका जिल्ला इन्चार्ज डाचाराम वाग्लेको नेतृत्वमा आएको टोलीमा घाइते र उनीहरूका आफन्त सहभागी छन् । सो घटनामा संलग्नलाई पक्राउ गरी अनुसन्धान गर्नको सट्टा पीडितको तर्फबाट दिइएको जाहेरी समेत प्रहरीले दर्ता नगरेको घाइते विजयकुमार साहले बताए ।
‘हामीविरुद्ध गोली प्रहार भयो । मसहित १७ जना घाइते भयौं । गोलीको छर्रा अभैm मेरो टाउकोमा छ । गोली प्रहार गर्नेलाई हामीले प्रत्यक्ष देखेका छौं । सोही आधारमा प्रहरीमा जाहेरी दर्ता गर्यौं । तर, प्रहरीले आजसम्म पनि जाहेरी दर्ता गरेको छैन,’ उनले भने ।
प्रदेश २ का सांसद वीरेन्द्रकुमार सिंह, धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहलगायतले गोली प्रहार गरेको घाइते साहले बताए । १४ असारमा भएको विरोध प्रदर्शनलाई लक्षित गर्दै ३६ राउण्डसम्म गोली प्रहार गरेको उनको भनाइ छ ।
६ असारमा सर्लाही रामनगर–४ बोहरवाका ६० वर्षीय रामजलम राय यादवको भएको हत्या विरोधमा नेकपाले निकालेको विरोध र्यालीमा गोली चल्दा तीन प्रहरी र १७ प्रदर्शनकारी घाइते भएका थिए ।
घाइतेका आफन्तले गोली प्रहार गर्ने सांसद सिंह, गाउँपालिका अध्यक्ष साहसहित १० जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । तर, प्रहरीले सांसद र गाउँपालिका अध्यक्षविरुद्धको किटानी जाहेरी फिर्ता लिनुपर्ने अडान लिएपछि जाहेरी दर्ता हुन सकेन ।
प्रहरीले गोली प्रहार घटनामा सांसद र गाउँपालिका अध्यक्षको संलग्नता अस्वीकार गर्दै आएको छ । तर, घटनाका प्रत्यक्षदर्शी तथा घाइतेमध्येका विजयकुमारले भने सांसद सिंह र गाउँपालिका अध्यक्ष साहले नै गोली प्रहार गरेको बताए ।
पीडितको नेतृत्व गर्दै गृह मन्त्रालय आइपुगेका नेकपा सर्लाही इन्चार्ज डाचाराम वाग्लेले भने, ‘गोली हान्ने मान्छेलाई पीडितले देखेका छन् । तर, उनीहरूविरुद्धको जाहेरी दर्ता भएन । न अनुसन्धानका लागि उनीहरूका बन्दुक नै नियन्त्रणमा लिइयो । त्यसैले अनुसन्धान प्रभावित भएको हामीले पाएका छौं ।’
दोषीलाई कारबाही हुन्छ : डिआइजी धिरजप्रताप सिंह
प्रहरीले गोलीकाण्डको अनुसन्धान गर्दै छ । केही पक्राउ परेका र केही फरार छन् । हामीले सिसिटिभी फुटेजको पनि अध्ययन गरेका छौँ ।
घटनास्थलमा प्रयोग भएका बन्दुक नियन्त्रणमा लिइएको छ । जाहेरी दर्ता गर्नु या नगर्नुभन्दा पनि अनुसन्धान हुनु ठूलो विषय हो । अनुसन्धानमा कुनै कमी हुँदैन, दोषीलाई कारबाही हुन्छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: