बाँके । बाँकेको खजुरा गाउँपालिका वडा नं ४ स्थित किरणनालामा ट्रस पुल निर्माण भएपछि आवतजावतमा सहज भएको छ । खजुराबजारबाट सिर्जना टोल र डिगाउँ जाने मुख्य सडकमा जीर्णावस्थामा रहेको काठको पुललाई हटाएर २२ मिटर लम्बाइ र २ मिटर ३० सेन्टिमिटर चौडाइ रहेको फलामे ट्रस पुल रु १६ लाखमा निर्माण गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।
आर्थिक वर्ष २०७६/०७७ मा वडा कार्यालयले उक्त पुलका लागि बजेट विनियोजन गरेको थियो । पुल निर्माण भएपछि सिर्जना टोल र डिगाउँसँगै जानकी गाउँपालिकाको बेलनियासँग जोडिएका केही टोल र गाउँका बासिन्दालाई आवतजावत गर्न र हल्का सवारी साधन चलाउन सहज भएको वडाध्यक्ष तिलकवीर सुनारले बताए ।
उनका अनुसार पुल निर्माण भएपछि त्यस क्षेत्रका करीब दुई हजार पाँच सय जनसङ्ख्या लाभान्वित हुने भएको छ । जोखिमपूर्णावस्थामा रहेको काठको पुल जुनसुकै बेला पनि भत्किने अवस्थामा पुगेको थियो । वर्षौंँ काठको जीर्ण पुलबाट जोखिम यात्रा गर्दै आइरहेका बेलनियाबासीका लागि सो पुल वरदान बनेको त्यहाँका स्थानीय अगुवाको प्रतिक्रिया छ । स्थानीयवासी चन्द्रकेशर विकको संयोजकत्वमा ट्रस पुल निर्माण उपभोक्ता समिति गठन गरिएको थियो ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: