चितवन । उद्योगी व्यवसायीले असार मसान्तमा बैंकको व्याज र किस्ता तिर्न कठिन भएको जनाएका छन् । विद्युत्, टेलिफोनदेखि कर्मचारीको तलबसमेत तिर्न समस्या भएको भन्दै उनीहरुले लकडाउनका कारण बैंकको व्याज र किस्ता तत्काल तिर्न नसक्ने जनाएका हुन ।
कोरोना भाइरसको सङ्क्रमणका कारण सबैभन्दा बढी प्रभावित भएको होटल अझै सञ्चालन हुन सकेका छैनन् । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराई होटल बचाउन कठिन भएको बताए । बैंकको व्याज र किस्ता असारमा तिर्न नसक्ने भन्दै उनले होटल कुर्ने कर्मचारी र बिजुलीको पैसा पनि तिर्न नसकेको बताए ।
सौराहाका १२० होटलमा रु २० अर्ब भन्दा बढी लगानी छ । उनका अनुसार बैंकिङ् ऋण मात्र रु आठ अर्ब बढी छ । ऋण तिर्ने समय पछाडि सार्नुको विकल्प नरहेको उहाँको भनाइ छ । त्यस्तै अन्य होटलको अवस्था पनि उस्तै छ । होटल व्यवसायी महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष दिनेश चुके यस अन्तर्गत रहेका देशभरका ८० हजार होटलको अवस्था दयनीय रहेको बताए । होटल बन्द नै भएकाले अहिले व्याज र किस्ता तिर्न सक्ने अवस्था नरहेको उनले बताए ।
व्यवसायीले भ्रमण वर्ष लक्षित गरी २५–३० प्रतिशत थप लगानी गरेको भन्दै उनले त्यससँगै कोभिडका कारण व्यवसाय ठप्प रहँदा आफूहरु मर्कामा परेको बताए । व्याज र किस्ता पुनर्ताजगी गर्न र सञ्चालनका लागि ५ प्रतिशत थप कर्जा दिनुपर्ने उनको भनाइ छ ।
कोभिड १९– का कारण निकै प्रभावित बनेको कुखुरा व्यवसायीको पनि आफ्नै पीडा रहेको छ । सो व्यवसायीको छाता संस्था नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट धेरै किसान विस्थापित बनिसकेको भन्दै असारमा नभएर एक वर्षसम्म व्याज र किस्ता तिर्ने अवस्थामा व्यवसायी नभएको बताए । बैंकले चालु पूँजी थप्नुपर्ने भन्दै उनले पूर्ववत् अवस्थामा फर्कन एक वर्ष लाग्ने बताए । आफूहरुले राष्ट्र बैंकका गभर्नर समक्ष समस्या राखिसकेको भन्दै विष्टले अब थप ऋण लिएर व्यवसाय गर्दा व्याज र किस्ता तिर्न एक वर्ष कुर्नुपर्ने बताए ।
व्यवसायीले चालु पूँजी थप गर्न, किस्ता एक वर्षपछि मात्र राख्ने गरी पुनर्ताजगी गर्न, लकडाउनको समयको व्याज मिनाह गर्न माग गरेका छन् । नेपालमा कुखुरापालन व्यवसायमा रु एक अर्ब ५० करोड भन्दा बढी लगानी छ । यस व्यवसायमा रु ३५ अर्ब बढी बैंकिङ् ऋण रहेको विष्टले बताए ।
नेपाल दाना उद्योग सङ्घ केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष शङ्करप्रसाद कँडेल राज्यले अहिले सहयोग नगरे नेपालको आत्मनिर्भर पोल्ट्री व्यवसाय धरासयी हुने बताए । किसानसँग कुखुरा नहुँदा अहिले लागत मूल्य पाएको भए पनि भित्रीरुपमा धेरै किसान घरको न घाटको हुन पुगेको भन्दै उहाँले किसानले व्याज र किस्ता तिर्न सक्ने अवस्था नरहेको बताए ।
न्यौपाने सरकारले लकडाउनको अवधिको निजी स्वास्थ्य संस्थाका चिकित्सक, कर्मचारीको तलब सरकारी सरह खुवाइदिनुपर्ने र बंैकले व्याज र किस्ता तिर्ने समय सार्नुपर्ने बताए । शिक्षण संस्थाको अवस्था पनि उस्तै रहेको व्यवसायी बताउँछन् । भृकुटी बोर्डिङ्स्कुल नारायणगढका प्राचार्य रामजी पाण्डे निजी शिक्षण संस्थाले शिक्षक कर्मचारीको तलब खुवाउनसमेत नसकेकाले बैंकको व्याज र किस्ता तिर्ने सम्भावना नरहेको बताए ।
नेपाल राष्ट्रबैंकले हालसम्म कुनै निर्णय गरेको छैन । प्राइम बैंक भरतपुरका प्रबन्धक पदम पौडेल आफूहरुलाई कुनै निर्देशन नआएकाले विगतझै व्याज र किस्ता असारमा तिर्नुपर्ने बताए । ऋणिहरुले आफ्ना गुनासो राखिरहेको भन्दै उहाँले यस विषयमा केन्द्रीय कार्यालयमा जानकारी गराउने बाहेक अन्य अधिकार आफूसँग नरहेको बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: