Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

घृणा फैलाउने भारतीय न्युज च्यानल नेपालमा बन्द

विदेशी च्यानल हेर्दा वर्षमा करिब १ अर्ब बाहिरिन्छ, नेपालको विज्ञापन बजारमा ५ अर्ब घाटा

काठमाडौं । भ्रामक मात्र होइन, निकृष्ट सामग्री उत्पादन गरिरहेका भारतीय न्युज च्यानलको प्रसारण नेपालमा रोकिएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - नेपालका अधिकांश केबल तथा डिटिएच अपरेटरले दूरदर्शनबाहेक अन्य भारतीय न्युज च्यानल प्रसारणमा रोक लगाएको बताएका छन् । लिम्पियाधुरा, लिपुलेक विवाद बढेसँगै भारतीय मिडियाले लगातार नेपालविरुद्ध विषवमन गर्दैै आएका छन् ।

सरकारको निर्देशनमा होइन, सर्वसाधारणको आग्रह बमोजिम ती च्यानल बन्द गरिएको डिसहोमका प्रबन्ध–निर्देशक सुदीप आचार्यले जानकारी दिए ।

‘भारतीय च्यानलहरूको निकृष्ट सामग्रीप्रति ग्राहकहरूको विरोध लामो समयदेखि थियो, ती च्यानल बन्द गर्नुप¥यो भन्ने जनदबाब थियो,’ आचार्यले भने, हामीले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा यस सम्बन्धमा निर्देशन पनि मागेका थियौँ, तर मन्त्रालयले आधिकारिक रूपमा केही पनि प्रतिक्रिया दिएन ।

तर, पछिल्ला दिनमा झन् आपत्तिजनक सामग्री प्रसारण भएपछि केबल टेलिभिजन अपरेटर र डिटिएचहरूले सल्लाह गरी ती च्यानल बन्द गर्‍यौँ ।’ भारतबाट प्रसारण हुने न्युज च्यानलबाहेक अन्य टेलिभिजनको प्रसारणमा भने रोक लगाइएको छैन ।

टेलिभिजन सेटमा च्यानल बन्द भए पनि इन्टरनेटबाट ती च्यानल आउने बाटो भने रोकिएको छैन । युट्युब, फेसबुक तथा ट्विटरलगायत सामाजिक सञ्जालमा आउने भारतीय टेलिभिजनका कन्टेन्ट बन्द गर्न सरकारले नै निर्णय गर्नुपर्ने पनि आचार्यले बताए ।

‘सामाजिक सञ्जालमा जे–जे कन्टेन्ट आएका छन्, ती टेलिभिजनबाट होइन, सामाजिक सञ्जालबाटै आएका हुन्, त्यसो हुँदा भारतीय न्युज च्यानलका ती कन्टेन्ट पनि बन्द गर्नुपर्छ,’ उनले भने, ‘सरकारले चाहेमा त्यसो गर्न सक्छ ।’

नेपालका प्रधानमन्त्री, नेपाली जनता, राजनीतिक दलका विषयमा अनर्गल प्रचार गर्ने भारतीय सञ्चारमाध्यमप्रति नेपाली समाजमा रोष बढेको थियो । सरकारले पनि नेपाली प्रधानमन्त्री र चिनियाँ राजदूतको विषयमा भारतीय च्यानलहरूले बनाएको आपत्तिजनक कथाबारे राजनीतिक र कानुनी उपचार खोज्ने जनाएको छ ।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बिहीबार पत्रकारहरूसँग भने, ‘दुर्भावना फैलाउने, चरित्र हत्या गर्ने, मानमर्दन गर्ने समाचार तथा विश्लेषणको सरकारले भत्र्सना गर्छ, तथा कानुनी तथा राजनीतिक उपचार खोज्नेछ ।’

विदेशी च्यानल नेपालमा प्रसारण गराउन डिटिएच तथा केबुल टिभी अपरेटरले वार्षिक करिब एक अर्ब रुपैयाँ तिर्नुपर्ने डिसहोमका प्रबन्ध–निर्देशक सुदीप आचार्यले बताए । यद्यपि, अधिकांश भारतीय समाचार च्यानललाई भने पैसा तिर्नु पर्दैन । ‘मनोरञ्जन र खेल च्यानलका लागि ठूलो रकम भारत जान्छ,’ आचार्य भन्छन्, ‘ती च्यानलको प्रसारण अधिकार किन्दा न्युज च्यानल प्याकेजमै आउने गरेका छन् ।’

विज्ञापन व्यवसायी रञ्जित आचार्य नेपालमा भारतीय च्यानलले दोहोरो फाइदा लिइरहेको बताउँछन् । ‘पहिलो नेपालीले पैसा तिरेर भारतीय च्यानल हेरिदिएका छन्, दोस्रो– नेपालको बजारमा समेत हाम्रो बलियो उपस्थिति छ भनेर भारतीय च्यानलले विज्ञापन उठाइरहेका छन्,’ उनले भने ।

नेपालमा भारतीय च्यानल निर्वाध चल्दा नेपालको विज्ञापन बजारलाई ठूलो घाटा भइरहेको नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष भाष्करराज राजकर्णिकारले बताए ।

‘नेपाली बजारमा उपलब्ध बहुराष्ट्रिय कम्पनीका ५० प्रतिशत उत्पादनको विज्ञापन भारतीय च्यानलमा आउँछ, तीमध्ये अधिकांशले नेपालमा विज्ञापन गर्दैनन्, भारतीय च्यानलकै भर परेका छन्,’ उनको भनाइ छ, ‘क्लिनफिड लागू भए भारतीय च्यानलबाट विज्ञापनबाहेकका कन्टेन्ट मात्र आउने थिए । र, नेपाली विज्ञापन बजारमा थप पाँच अर्बले बढेर १५ अर्बको हुनेछ ।’

बहुराष्ट्रिय कम्पनीका एजेन्टले विज्ञापनमा खर्च गर्ने भनेर मातृ कम्पनीबाट लिएको रकमसमेत खर्च नगरेको विज्ञापन व्यवसायी आचार्यको भनाइ छ । ‘बहुराष्ट्रिय कम्पनीका नेपाली एजेन्टले उताबाट ल्याएको रकमको विज्ञापन गरे भने पनि तीन–चार अर्बको बजार बढ्छ,’ उनले भने, ‘नेपालमा बिक्री हुने सबै उत्पादनको न्यूनतम बिक्री मूल्य प्रकाशन गर्नुपर्ने व्यवस्था सरकारले गर्ने हो भने पाँच अर्बसम्मको विज्ञापन बजार नेपालमा बढ्न सक्छ ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE