Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

व्यास नगरपालिकाको करिव रु डेढ अर्ब बजेट पारित

दमौली । तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि रु एक अर्ब ५२ करोड ९७ लाख ५१ हजारको बजेट पारित गरेको छ । बिहीबार सम्पन्न ३३ औं नगरसभाले आगामी वर्षका लागि उक्त बजेट पारित गरेको हो ।

नगरसभाले शिक्षा, युवा तथा खेलकुदतर्फ रु ४४ करोड पाँच लाख, पर्यटन प्रबद्र्धनतर्फ रु चार करोड ५८ लाख, कृषि तथा पशु सेवातर्फ रु तीन करोड ८३ लाख, स्वास्थ्यतर्फ रु सात करोड ४८ लाख ८७ हजार, महिला, जनजाति, दलित, अपाङ्गता एवं ज्येष्ठ नागरिकतर्फ रु एक करोड तीन लाख बजेट विनियोजन गरेको छ । वडा कार्यालय पहुँच मार्ग अन्तर्गत वडा नं ७, ८, १०, १२, १३ र १४ को सडक कालोपत्रेका लागि रु एक करोड ९० लाख बजेट विनियोजन गरिएको पत्रकार सम्मेलनमा नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।

अन्य मार्ग र सडक नाला निर्माण तथा मर्मतका लागि रु ९ करोड १५ लाख बजेट विनियोजन गरिएको छ । ऐतिहासिक तनहुँसुर जाने खड्गकाली मार्गका लागि अघिल्लो वर्ष विनियोजन भएको रु तीन करोड आगामी वर्ष रकमान्तर गरी आगामी वर्ष रु पाँच करोड बजेट थप गरिएको उनले बताए । त्यसैगरी खानेपानी, विद्युतीय पूर्वाधार निर्माणतर्फ रु दुई करोड ७७ लाख, वातावरण, सरसफाइ र विपद् व्यवस्थापनतर्फ रु एक करोड ४० लाख, वडा कार्यालय मर्मतका लागि रु एक करोड बजेट विनियोजन भएको छ ।

चालु आर्थिक वर्षमा सम्पन्न हुन नसकेका विभिन्न योजनाको रु २० करोड आगामी वर्ष समावेश गरिएकाले बजेटको आकार बढेको उनले जानकारी दिए । नगरपालिकाले आगामी वर्षका लागि करीब रु १३ करोड घटी बजेट पारित गरेको छ । चालु आर्थिक वर्षका लागि नगरपालिकाले रु एक अर्ब ४४ करोडको बजेट ल्याएको थियो । “कोरोना सङ्क्रमणका कारण चालु आर्थिक वर्षमा सम्पन्न हुन नसकेका योजनालाई आगामी वर्ष सम्पन्न गर्ने गरी बजेट थप गरिएको छ,” उनले भने, “सोही कारण आगामी वर्षको बजेटको आकार बढेको हो । वास्तवमा आगामी वर्षको बजेटको आकार भने घटेको छ ।”

नगरसभाले भाडामा लगाइएका सटरको दुई महिनाको भाडा छुट दिने निर्णय गरेको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीले व्यवसायीलाई मर्कामा परेकाले नगरपालिका अन्तर्गत पसल कबल भाडामा बस्नेहरुलाई चैत र वैशाख गरी दुई महिनाको भाडा छुट दिने निर्णय भएको उनले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy