काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्णा पशुपति आश्रमका संस्थापक अध्यक्ष जगदीश वैद्य जबरजस्ती करणी उद्योगमा पक्राउ परेका छन् । पीडित महिलाको उजुरीका आधारमा प्रहरीले उनलाई २१ असारमा ललितपुरबाट पक्राउ गरेको हो ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - उनलाई आवश्यक कारबाहीका लागि आइतबार नै काठमाडौँ प्रहरीलाई बुझाइएको छ । वैद्यले एक जटिल रोगबाट प्रभावित महिलालाई पूर्णरूपमा रोग निको पारिदिन्छु भन्दै रकम लिएर आश्रमको कार्यालयभित्रै कपडा खोल्न लगाई जबरजस्ती करणी गरेको आरोप लागेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले पीडित महिलाले जबरजस्ती करणी उद्योगमा जाहेरी गरेपछि वैद्यलाई पक्राउ गरिएको जानकारी दिए । उनलाई अहिले परिसरकै हिरासत कक्षमा राखिएको छ ।
‘आश्रममै कार्यरत एक महिलाको उजुरीपछि वैद्यलाई पक्राउ गरेका हौं । सोहीअनुसार अनुसन्धान भइरहेको छ,’ ज्ञवालीले भने, ‘पीडित भनिएकी महिला र वैद्यसँग बयान लिने क्रम जारी छ ।’
वैद्यविरुद्ध प्रहरीमा ठगी मुद्दा पनि परेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौमा ठगीसम्बन्धी जाहेरी परेपछि प्रहरीले उनीविरुद्ध थप अनुसन्धान गर्दैछ । परिसरका प्रवक्ता डिएसपी राजकुमार केसीले भने, ‘वैद्यविरुद्ध जिल्ला प्रशासन कार्यालयमा ठगी गरेको भन्दै जाहेरी परेको रहेछ ।
अनुसन्धान गर्न भन्दै हामीकहाँ पत्र आयो । सोही पत्रका आधारमा अनुसन्धान गर्दैछौं ।’ वैद्यले कुनै विश्वविद्यालयबाट औपचारिक रूपमा विद्यावारिधि नगरेको र उनले आफ्नो नामको अगाडि लेख्ने प्रा.डा.को पद र राष्ट्रिय समाजसेवी उपाधि ‘स्वघोषित’ भएको बारे उजुरी परेको प्रहरीले जनाएको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: