वासिङ्टन । संयुक्तराज्य अमेरिकाको बायोटेक कम्पनी मोडर्नाले मानिसमा कोविड–१९ को खोप (भ्याक्सिन) परीक्षण यसै महिना अन्तिम चरणमा प्रवेश गर्ने जनाएको छ । आगामी जुलाई २७ मा खोप परीक्षण अन्तिम चरणमा प्रवेश गर्ने कम्पनीले बताएको छ ।
मोडर्नाले तयार पारेको खोपले यथार्थमा मानिसमा कति प्रभावकारी रुपमा काम गर्नेछ भन्ने परीक्षण हुँदैछ ।
यसअघि गरिएका परीक्षण निकै सुरक्षित रहेको दाबी गरिको र खोपले मानव शरीरमा एन्डीबडी उत्पादन गरेको थियो ।
आगामी तेस्रो चरणको खोप परीक्षणमा संयुक्तराज्य अमेरिकाकै ३० हजार मानिसलाई सहभागी गराउने लक्ष्य राखिएको छ । यी खोपमध्ये आधाजसो मानिसलाई १०० माइक्रोग्रामको डोज दिइनेछ भने आधालाई प्लासिबो दिइनेछ ।
अनुसन्धाताहरुले खोप लगाइएका व्यक्तिहरुमा खोपको प्रभावकारिता वा असरका बारेमा आगामी दुई वर्षसम्म निगरानी राख्ने कम्पनीले जनाएको छ । कोभिड–१९ बाट भ्याक्सिनले गम्भीर बिरामी हुनबाट मानिसलाई जोगायो भने भ्याक्सिन सफल हुने विश्वास गरिएको छ ।
कम्पनीको यो अध्ययन सन् २०२२ को अक्टोबर २७ सम्म जारी रहनेछ, तर प्रारम्भिक नतिजाहरु यसअघि नै सार्वजनिक गरिनेछ ।
मोडर्नाको भ्याक्सिन परीक्षणको पहिलो चरणबाट प्राप्त नतिजालाई न्यू इङल्यान्ड मेडिसिन जर्नलले प्रकाशन गरेलगत्तै परीक्षण तेस्रो चरणमा प्रवेश गरेको घोषणा गरिएको हो । पहिलो चरणमा सहभागी ४५ जना सहभागी सबैको शरीरमा भाइरस विरुद्धको एन्टीबडी तयार भएको देखिएको छ ।
तर वैज्ञानिकहरुले पहिलो भ्याक्सिन सर्वाधिक सुरक्षित वा प्रभावकारी मान्न अहिल्यै नसकिने बताएका छन् ।
मोडर्नाले पहिलो चरणको परीक्षणको अन्तरिम नतिजा यसअघि नै प्रकाशन गरिसकेको छ । पहिलो चरण भनिएको यस परीक्षणको नतिजा गत मे महिनामा सार्वजनिक गरिएको थियो ।
पहिलो चरणका नतिजाहरु निकै उत्साहजनक रहेको अमेरिकी संक्रामक रोग रोकथाम इन्स्टिच्यूटका निर्देशक एवं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कोभिड–१९ सल्लाहकार एन्थोनी फाउचीले बताएका छन् ।
तर कतिपय वैज्ञानिकहरुले मोडर्नाका तथ्याँकहरुको गहन विश्लेषणपछि मात्र ठोस निष्कर्षमा पुग्न सकिने बताउँदै आएका छन् ।
मोडर्नाले गरेको परीक्षणमा सहभागीहरुलाई २५, १०० र २५० माइक्रोग्रामका भ्याक्सिनका तीन समूहमा बाँडिएको थियो । २८ दिनपछि यही परिमाणमा दोस्रो खोप दिइएको थियो । पहिलो चराण्मा बढी मात्राको डोज दिइएका व्यक्तिमा बढी एन्टीबडी भेटिएको थियो ।
दोस्रो चरणमा सहभागीहरुमा कोभिड–१९ भएका अधिकांश बिरामीभन्दा बढी एन्टीबडी देखिएको थियो । यी बिरामीको शरीरमा आफैं पनि एन्टीबडी तयार भएको थियो ।
आधाभन्दा बढी सहभागीहरुका शरीरमा सामान्य किसिमको नकारात्मक असर ९साइड इफेक्ट० देखिएको थियो ।
जोन्स हप्किन्स विश्वविद्यालयका संक्रामक रोग विशेषज्ञ अमिश अडाल्जाले परीक्षणमा सहभागीमा निकै राम्रो एन्टीबडी तयार हुनु उत्साहजनक कुरा रहेको बताए ।
मोडर्नाले तयार पारेको भ्याक्सिनमा जेनेटिक सामग्रीको प्रयोग गरिएको छ । एएफपी
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: