Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

बल्खुमा सुकुमवासी बस्ती हटाउँदा गुम्बा भत्काइयो, स्थानीयको विरोध

खबरडबली संवाददाता

काठमाडौं । सुकुमवासी बस्ती हटाउने क्रममा सरकारले बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा पनि भत्काएको छ। शुक्रबार बिहान बस्तीमाझ रहेको उक्त गुम्बामा डोजर चलाइएको हो।

गुम्बाका अध्यक्ष कपुरे तामाङका अनुसार, “कम्तीमा बुद्ध जयन्तीको दिन नभत्काइदिन आग्रह गरेका थियौं, तर हाम्रो कुरा नसुनी डोजर चलाइयो। अहिले बुद्धको मूर्ति लथालिङ्ग अवस्थामा छ।” उनका अनुसार गुम्बा २०७८ कात्तिक १३ गते दर्ता भएको थियो।

उक्त क्षेत्रमा बस्ती हटाउने क्रममा साझा पेट्रोल पम्प भने जोगाइएको छ भने अन्य टहरा भत्काइएको स्थानीयले बताएका छन्।

काठमाडौं महानगर क्षेत्रभित्रका खोला किनारमा रहेका ‘अव्यवस्थित बस्ती’ हटाउने अभियान अन्तर्गत शुक्रबार बिहानै बल्खु र टेकु नजिक पर्ने वंशीघाट क्षेत्रमा डोजर परिचालन गरिएको हो।

यसअघि काठमाडौं जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै निर्धारित समयभित्र बस्ती खाली गर्न निर्देशन दिएको थियो। सो सूचनापछि केही स्थानीयले आफैं घरटहरा खाली गर्न थालेका थिए।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको बाक्लो उपस्थिति रहेको थियो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सामाजिक सद्भावका लागि तल्लो तहसम्म सर्वदलीय संवाद, नौ दलले स्थानीय संयन्त्र सक्रिय पार्ने

काठमाडौं । सामाजिक सद्भाव र शान्ति कायम राख्न प्रमुख नौ राजनीतिक दलले प्रदेशदेखि स्थानीय तहसम्म सर्वदलीय तथा सर्वपक्षीय संवाद अघि बढाउने निर्णय गरेका ...

सुनसरी गोलीकाण्ड छानबिन समिती कप्तानगञ्जमा, स्थानीयसँग सोधपुछ गर्दै

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डको छानबिन गर्न गठित सरकारी समिति बुधबार घटनास्थल पुगेको छ। समितिले घटनास्थलको नि...

मतका आधारमा दललाई सरकारी अनुदान दिनुपर्ने निर्वाचन आयुक्तका उम्मेदवार कार्कीको प्रस्ताव

काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले राजनीतिक दललाई प्राप्त मतका आधारमा सार्वजनिक कोषबाट अनुदान उपलब्ध गराउने व्यवस्था गर्न...

नारायणी अस्पताल तोडफोड प्रकरण : वडाध्यक्षसहित तीन पक्राउ

पर्सा। वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार वीरगञ्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्...

कोहलपुरमा सेप्टिक ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

नेपालगन्ज। बाँकेको कोहलपुरमा निर्माणाधीन सेप्टिक ट्याङ्कीभित्र फसेर निसास्सिँदा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी ...

धनुषाको दुर्गम क्षेत्र मैनाबत्तीमा पहिलो पटक पुगे सांसद

ढल्केबर। धनुषाको दुर्गम क्षेत्र मानिने गणेशमान चारनाथ नगरपालिका–५ मा पहिलो पटक प्रतिनिधि सभा सदस्य राजकिशोर महतो पुगेको छन्। त्यस क्षेत्रको स्थलगत अवल...

कपिलवस्तु दुर्घटना : मृतक तीन जनाको पहिचान खुल्यो

कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगन्ज–तौलिहवा हुलाकी सडक खण्डमा ट्रकको ठक्करबाट मृत्यु भएका तीन जनाको पहिचान खुलेको छ।...

प्रधानमन्त्री र गृहमन्त्री दुवैले आफ्नो जिम्मेवारीअनुसार काम गरिराख्नुभएको छ: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले सुनसरी घटनापछि मुलुकमा सामाजिक सद्भाव कायम राख्नु अहिलेको सबैभन्दा ठूलो आवश्यक...

सुनसरी घटनामा सर्वदलीय बैठकको साझा अपिल, प्रधानमन्त्रीले बैठक नबोलाएकोमा लिङ्देनको असन्तुष्टि

काठमाडौं । सुनसरीसहित देशका विभिन्न स्थानमा भएका पछिल्ला घटनाका विषयमा सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दलले संयुक्त अपिल जारी गर्ने निर्णय गरेक...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ । हिजो मङ्गलबारको तुलनामा सुन तोलामा रु एक हजारले घटेको छ भने चाँदी रु १...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending