Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

महाकवि देवकोटाको घर संग्रहालय बनाइने

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर ‘कविकुञ्ज’ सङ्ग्रहालयका रूपमा निर्माण हुने भएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ - काठमाडौंको डिल्लीबजारस्थित ‘कविकुञ्ज’ लाई सङ्ग्रहालयका रूपमा निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भई निर्माण प्रक्रिया अगाडि बढाइएको छ । 

आर्थिक वर्ष ०७६/७७ मा भएका काम र नयाँ आर्थिक वर्ष ०७७÷७८ तय भएका कार्यक्रमबारे जानकारी दिन नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका सदस्यसचिव प्रा. जगत्प्रसाद उपाध्यायले सरकारले महाकवि देवकोटाको घरलाई खरिद गरी प्रज्ञा प्रतिष्ठानको स्वामित्वमा सुम्पेपछि उक्त स्थानमा ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा’ सङ्ग्रहालय’ निर्माण गरिने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

अबको २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको बताउँदै सदस्यसचिव उपाध्यायले निर्माणका लागि डीपीआर तयार भइसकेको जानकारी दिए । 

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सङ्ग्रहालय निर्माणका लागि बजेटको सुनिश्चितता भइसकेको जानकारी दिए ।

‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माण कार्यलाई प्रतिष्ठानले राष्ट्रिय गौरवको प्राज्ञिक योजनाका रूपमा अगाडि सारेको उनले बताए प्रतिष्ठानले अबको २वर्षभित्र सम्पन्न गर्ने गरी आठवटा कार्यलाई राष्ट्रिय गौरवका प्राज्ञिक योजनाका रूपमा अगाडि बढाएको सदस्यसचिव उपाध्यायले जानकारी  दिए ।

उनका अनुसार, नेपाल दर्पण लेखन, प्रज्ञा नेपाली बृहत् शब्दकोश निर्माण, महाकवि लक्ष्मीप्रसाद देवकोटा’ सङ्ग्रहालय, नेपाली दर्शनको लेखन र प्रकाशन, लेखक/कलाकार कोषको प्रकाशन, नेपाली कविताको प्रादेशिक इतिहास लेखन र प्रकाशन, लोकवार्ता कोष निर्माण र प्रकाशन, नेपाली समालोचनाको इतिहास लेखन र प्रकाशनलाई प्रतिष्ठानले राष्ट्रिय गौरवका प्राज्ञिक योजनाका रूपमा अगाडि बढाएको हो । 

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE