काठमाडौं । निकै महत्वाकांक्षी लक्ष्यहरूबाट सुरु भएको आर्थिक वर्ष २०७६/७७ निराशाजनक परिणामको चाङ थुपारेर बिदा भएको छ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - कोरोना भाइरसको संक्रमणका कारण विश्व अर्थतन्त्रमा एकसाथ परेको प्रभावले उच्च आर्थिक वृद्धिको बाटोमा लम्किरहेको नेपालको यात्रा बिथोलियो। नयाँ आर्थिक वर्षलाई स्वागत गर्दैगर्दा सरकार, मजदुर र व्यवसायी सबै चिन्ताजनक आँकडाहरूको गणित छिचोल्दै छन्।
सरकारका अंगहरूमात्र होइन, निजी थिंक ट्यांकहरू पनि कोरोनाको अर्थतन्त्रमा परेको प्रभावारे लेखाजोखा गर्न व्यस्त छन्। तर यो संकट अब समाधानको बाटोमा जाने हो कि फेरि बल्झिने हो भन्ने कसैलाई थाहा छैन। पछिल्ला आँकडाहरूले उद्योग, पर्यटन, सार्वजनिक यातायात र उड्डयन तथा निर्माण क्षेत्रमा ज्यादा असर परेको देखिएको छ।
लकडाउनको अवधिभर पर्यटन तथा उड्डयन क्षेत्रमा ४१ अर्ब रुपैयाँ बराबरको क्षति हुने अनुमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ। पर्यटन तथा हवाई क्षेत्रमा प्रतिमहिना सरदर १० अर्व मूल्यको प्रत्यक्ष क्षति भएको अनुमान गरिएको छ। मन्त्रालयको प्रतिवेदनअनुसार चैत्र ११ गतेदेखि असार १९ सम्ममा ३४ अर्ब रुपैयाँ बराबरको नोक्सान भएको छ। वार्षिक २ खर्ब रुपैयाँ आम्दानी गर्ने पर्यटन क्षेत्रमा सरकारी र निजी क्षेत्रको गरी करिब १ खर्ब ५९ अर्ब रुपैयाँ लगानी रहेको मन्त्रालयले बताएको छ।
असार १ गतेदेखि सरकारले व्यापार, व्यवसाय र उद्योग सञ्चालन अनुमति दिए पनि ४६ प्रतिशत मात्रै उद्योग सञ्चालनमा रहेको सरकारी आँकडा छ। केही दिनअघि मात्रै सरकारले गरेको अध्ययनमा १० औद्योगिक क्षेत्रमा सञ्चालित ५ सय ९७ मध्ये अत्यावश्यक वस्तु उत्पादन गर्ने ३ सय ३८ उद्योग मात्रै आंशिक सञ्चालनमा रहेको उल्लेख छ।
नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले उद्योग खोल्ने वातावरण बने पनि कामदार नहुँदा चलाउन नसकिएको बताए। सरकारी आँकडाअनुसार औद्योगिक क्षेत्रमा ११ हजार ७ सय ३६ जना मजदुर रहेकामा ४ हजार ९ सय जना मात्रै काममा गएका छन्। कुखुरा व्यवसायीहरूले ‘पोल्ट्री चेन’ मा मात्रै ११ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको बताएका छन्। दुग्ध व्यवसायमा २ अर्ब १४ करोड रुपैयाँ क्षति भएको व्यवसायीले बताएका छन्। ठूलो मात्रामा तरकारी नष्ट गरिए पनि त्यस्तो क्षतिको मूल्यांकन हुन सकेको छैन।
लकडाउनका कारण ८० प्रतिशत किसानले कृषि उत्पादनका लागि चाहिने आवश्यक मल, बिउलगायत सामग्री पाएनन्। ७२ प्रतिशत किसानले यातायात बन्दका कारण उत्पादित वस्तु बजारसम्म पुर्याउन नसकेको नेपाल कृषि इन्जिनियरिङ विद्यार्थी समाजको प्रतिवेदनमा उल्लेख छ।
ऊर्जा क्षेत्रले हरेक महिना करिब २ अर्ब रुपैयाँ आम्दानी गुमाएको व्यवसायीले बताएका छन्। वैदेशिक रोजगारी ठप्प छ। अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध हुँदा श्रम स्वीकृति लिएर बसेका ५० हजार कामदार विदेश उड्न पाएका छैनन्। उल्टै १२ देखि १५ लाखसम्म वैदेशिक रोजगारीमा रहेका कामदार स्वदेश फर्किने अनुमान सुरुआती दिनमा गरिए पनि अहिले त्यति ठूलो संख्यामा नफर्कने आँकलन हुन थालेको छ। विदेशमा अलपत्र २६ हजार कामदार स्वदेश फर्र्किएका छन् भने थप दुई लाख १८ हजार श्रमिक विदेशमा रोजगारी गुमाएर अलपत्र परेको वैदेशिक रोजगार विभागले जनाएको छ। स्वदेशमा वैकल्पिक रोजगारीको अभाव र विदेशमा पनि अत्यावश्यक काममा लागेका नेपाली घर फर्किने सम्भावना भने दिनानुदिन घट्दो छ। यसले रेमिट्यान्स आयमा भने उल्लेख्य असर नपर्ने देखिएको छ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: