Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

भारतमा चिया निर्यात गर्दा दोहोरो खर्च झेल्दै बिक्रेता

इलाम । तयारी चिया भारत लैजानका लागि चिया बिक्रेताले यस पटक दोहोरो खर्च झेल्नुपरेको छ । चिया लैजानका लागि भन्सारमा आवश्यक पर्ने ‘सिएफएल’ दुवै नाकाबाट बनाउनु पर्दा बिक्रेताले दोहोरो खर्च झेल्नुपरेको हो ।

बन्दाबन्दीको समयमा चिया लान विराटनगर–जोगमनी नाकाबाट ‘सिएफएल’ बनाएका बिक्रेताले फेरि काँकडभिट्टा नाकाबाट लाँँदा पनि बनाउनुपर्यो । एक चोटी बनाएको ‘सिएफएल’ले छ महिना काम दिने भए पनि यसपटक भने दुई महिनामै बनाउनु पर्दा दोहोरो खर्च लागेको सूर्योदय नगरपालिकास्थित कन्यामका चिया उद्योगी सूर्य खड्काले बताए ।

जेठमा मात्र जोगमनी नाकाबाट चिया लैजानका लागि ‘सिएफएल’ बनाउनु भएका खड्काले असार मसान्त नभई फेरि काँकडभिट्टा नाकाबाट बनाउनुपर्यो । “जोगमनी नाकाबाट जम्मा दुई गाडी मात्र चिया लगेका थिए ।” खड्काले भने, “दोहोरो खर्च लाग्यो । नाका फेर्दा । गएको वर्ष त्यस्तो पर्दैनथ्यो ।” सधैँ नेपालबाट निर्यात हुने चिया काँकडभिट्टाबाट जाने गरे पनि यस वर्ष भने जोगमनी नाकाबाट चिया निर्यात गर्नुपरेको थियो ।

बन्दाबन्दीका समयमा नाका परिवर्तन हुँदा केही दिन अघिसम्म जोगमनी नाकाबाट चिया निर्यात भएको थियो । नाका परिवर्तन हुँदा ‘ठूलो यातायात खर्च’ बुझाउनु परेका विक्रेताले ‘सिएफएल’ खर्च पनि दोहोरो बुझाउँदा झनै समस्यामा परेका हुन् । नाका परिवर्तन हुँदा विक्रेताले दोहोरो खर्च बुझाउनु परेको चिया उद्यमी गोपाल कट्टेल बताए ।

“हामीले यहाँ ९फिक्कल०बाट काँकडभिट्टा पुर्याउँदा गाडी भाडा रु २२ हजार पाँच सयमा हुन्थ्यो भने जोगमनी पुर्याउन रु ३२ हजार पाँच सय लाग्छ ।” कट्टेलले भने, “यसरी नाका फेर्दा धेर खर्च त लाग्यो तर फेरि यता काँकडभिट्टा नै ल्याउँदा झन बढी खर्च लाग्यो ।” जोगमनी नाकाबाट निर्यात हुँदै गरेको चिया गत असार १८ गते काँकडभिट्टा नाका खुलाएपछि फेरि सोही नाका भएर जान थालेको हो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: