Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

पहिरोमा परि मृत्यु भएका परिवारलाई प्रदेश सरकारद्वारा राहत

तनहुँ । गण्डकी प्रदेश सरकारले गत आइतबार परेको अविरल वर्षासँगै झरेका पहिरोमा परि मृत्यु भएका परिवारका सदस्यलाई राहत प्रदान गरेको छ । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले तनहुँको ऋषिङ गाउँपालिका–८ भैँसीकिलीका आमबहादुर थापालाई राहत रकम हस्तान्तरण गरेको हो । एकै परिवारका पाँच जनाको मृत्यु भएपछि जनही रु ५० हजारका दरले रु दुई लाख ५० हजार मृतकका आफन्त थापालाई प्रदान गरेको हो ।

घरमाथिबाट आएको पहिरोले पुरिँदा ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैँसीकिलीका ३० वर्षीय भेषबहादुर, निजको श्रीमती २९ वर्षीया नानुमाया, निजको ५ वर्षीया छोरी अमिषा, २२ वर्षीय महादेव र निजको श्रीमती १९ वर्षीया मनिसरा थापाको मृत्यु भएको हो । आमबहादुरकी श्रीमती ६० वर्षीया ज्योतिमाया थापा पहिरोमा परी सख्त घाइते भएकाले अहिले गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेकोे छ । राहत रकम हस्तान्तरण गर्दै मन्त्री चुमानले पहिरोमा परी घाइते भएकाकोे सम्पूर्ण खर्च सङ्घीय र गण्डकी प्रदेश सरकारले व्यवस्था गर्ने बताए ।

त्यसैगरी गण्डकी प्रदेश सरकारबाट जिल्लाको व्यास नगरपालिका–९ माझफाँटमा पहिरोमा परी मृत्यु भएका ४० वर्षीया कमला थापा, उनका छोरा २४ वर्षीय मनोज, छोरी २१ वर्षीया अञ्जना, सोही ठाउँकी छिमेकी ७० वर्षीया मैतकुमारी घर्तीका परिवारलाई यसअघि नै राहत वितरण गरिसकेको छ ।

पहिराले पुरिएर घाइते व्यास नगरपालिका–९ माझफाँटका ५० वर्षीय केशव थापा र २६ वर्षीया झनुमाया कुँवरको पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ । बाढी पहिरोमा परी मृत्यु भएकाहरुलाई तत्कालको लागि जिल्ला प्रशासन कार्यालयबाट रु एक लाख, प्रदेश सरकारबाट रु ५० हजार र स्थानीय सरकारबाट निर्णयअनुरुप राहत उपलब्ध गराउने योजना रहेको छ ।

त्यसैगरी बाढी पहिरोमा परी पूर्ण र आंशिकरुपमा घरगोठमा क्षति भएकालाई राहत वितरणको लागि जिल्लाका दशवटै पालिकामा विवरण सङ्कलन कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy