चितवन । चितवन राष्ट्रिय निकुञ्ज र सो क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा एक वर्षमा प्राकृतिक कारणबाट २६ गैंडा मरेका छन् । सोमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुई गैंडा वन क्षेत्रमा मरेका हुन् ।
निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतिका अनुसार अघिल्लो आर्थिक वर्ष २०७५÷०७६मा प्राकृतिक कारणले ४३ गैंडा मरेका थिए । त्यसको अघिल्ला दुई वर्ष प्राकृतिक कारणबाट २६/२६ गैंडा मरेका थिए । गत आर्थिक वर्ष बुढो भएर छ, जुधेर तीन, दलदलमा फसेर तीन, ढुसियुक्त खानाका कारण चार, बाघको आक्रमणका कारण एक गैंडा मरेका छन् ।
त्यसै गरेर करेन्ट लागेर दुई, रुखले किचेर एउटा, स्वास्थ्यमा समस्याका कारण तीन, कारण पत्ता लाग्न नसकेर तीन गैंडा मरेका उप्रेतीले जानकारी दिए । मरेकामध्ये १३ भाले, १० पोथि र तीन पहिचान हुन नसक्ने अवस्थामा भेटिएका थिए । अघिल्लो आर्थिक वर्षमा हाल सम्मकै सबैभन्दा बढी गैंडा प्राकृतिक कारणबाट मरेका हुन । त्यस वर्ष नौ भाले, १४ पोथि र २० को कंकालमात्र भेटिएको थियो । धेरै गैंडा बिगतका वर्षमा मरेका तर त्यस वर्ष पहिचान भएको हुँदा अस्वभाविक तथ्याङ्क आएको उप्रेतीले बताए ।
सन् २०१५ को गणनापछि प्राकृतिक कारणबाट गैंडा धेरै मरेका भए पनि चोरी शिकारीबाट कम मरेका छन् । पछिल्लो गणनामा निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा देखाएको थियो । चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटासहित गरेर ६४५ गैँडा थिए । चितवनसहित बर्दिया, शुक्लाफाँटा र पर्सामा गैँडाको बासस्थान रहेको छ । गत वर्ष गैंडा गणना गर्ने अन्तिम तयारी गरिएको भए पनि कोरोना प्रभावका कारण स्थगित गरिएको छ । चालु आर्थिक वर्षमा गणना गरिदैं छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: