Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

कोरोनाको कारण लक्ष्यअनुसार राजस्व सङ्कलन हुन सकेन

भद्रपुर । आन्तरिक राजस्व कार्यालय मेचीले कोेभिड–१९ का कारण लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेको जनाएको छ । कार्यालयले आर्थिक वर्ष २०७६र०७७ मा विभिन्न शीर्षकमा रु तीन अर्ब एक करोड अर्थात् लक्ष्यको ८२ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको झापाका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले बताए । कार्यालयले आय करतर्फ रु एक अर्ब २५ करोड, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब ३७ करोड र अन्तः शुल्कतर्फ रु ३८ करोड र अन्य शीर्षकमा रु एक करोड गरी रु तीन अर्ब एक करोड राजस्व सङ्कलन गरेको छ ।

उहाँका अनुसार झापा, इलाम, पाँचथर र ताप्लेजुङ कार्य क्षेत्र रहेको कार्यालयले गत वर्ष रु तीन अर्ब ६६ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ को तुलनामा भने कार्यालयले १४ प्रतिशत राजस्वमा वृद्धि भएको जनाएको छ । सो आर्थिक वर्षमा रु दुई अर्ब ६३ करोड मात्र राजस्व सङ्कलन भएको थियो ।

“कोडिभ–१९ का कारण सम्पूर्ण व्यवसाय ठप्प भए”, प्रमुख श्रेष्ठले बताए, “यसको प्रत्यक्ष असर राजस्व सङ्कलनमा देखियो । यस्तो अवस्थामा समेत लक्ष्यको ८२ प्रतिशत कर सङ्कलन गर्न सक्नु कार्यालयको ठूलो उपलब्धि हो ।” उनले २० लाखसम्म कारोवार गर्ने करदातालाई आय कर बुझाउनका लागि कार्यालय नआई बैंकबाट वा घरमै बसेर आफ्नो इ–बैंकिङ सेवा प्रयोग गरेर पनि पैसा दाखिला गर्दा हुने प्रणालीको बिहीबारबाट लागू गरिएको बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: