बाजुरा । बाजुरा जिल्लाका अधिकांश बस्ती पहिराको उच्च जोखिममा रहेका छन् । सदरमुकामलगायत अन्य बस्ती अविरल वर्षाका कारण पहिराको जोखिममा रहेको पाइएको छ ।
बडीमालिका नगरपालिका–७ माउलेख गाउँ पहिराको उच्च जोखिममा रहेको छ । अविरल वर्षाका कारण पहिरो आउन थालेपछि जोखिममा रहेको स्थानीयवासी हरिचन्द्र पाध्यायले बताए । सो गाउँमा बस्ने सात परिवारको पहिराले गर्दा विस्थापित हुनुपर्ने अवस्था रहेको जनाइएको छ ।
अविरल वर्षाका कारण माउलेख बस्ती नजीकै तलबाट पहिरो बग्न थालेपछि जोखिम बढेको हो । पहिराको जोखिममा रहेका परिवार पानी परेको दिन एकै घरमा भेला भएर रातभर जाग्राम बस्ने गरेको स्थानीय पत्रकार हेमराज उपाध्यायले जानकारी दिए ।
नगरपालिका–७ जिल्ली र रजातोलीका बस्ती नै पहिराको जोखिममा छन् । वडा नै जोखिममा भए पनि सो गाउँको तलपट्टिबाट पहिरो बग्न थालेपछि झनै जोखिम बढेको पत्रकार उपाध्यायको भनाइ छ । वर्षाले सोही वडाको जिल्लीमा रहेको लक्ष्मी माविमा समेत क्षति पु¥याएको विद्यालयले जनाएको छ ।
विद्यालय नजीकैबाट पहिरो आएर लाखौको क्षति भएको छ । पहिराका कारण विद्यालयसहित नजीकको टोल पनि उच्च जोखिममा रहेको वडा नं ७ का वडा सदस्य धनलाल पाध्यायले बताए। जिल्लीदेखि रजातोली जोड्ने बाटोसमेत बन्द भएको छ । जिल्ली–माउलेखमा गएको पहिराका कारण गाउँबाट आवतजावत रोकिएको छ ।
पहिराले बाटो पूर्ण रुपमा बन्द भएपछि आवतजावत नै ठप्प भएको हो । पहिराले बगाएको गोरेटो बाटो नबन्दा दुई गाउँको सम्बन्ध नै विच्छेद भएको पत्रकार उपाध्यायले बताए।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: