लण्डन । कोरोना महामारीका कारण समस्यामा परेका नेपाली पत्रकारलाई नेपाल पत्रकार महासङ्घद्वारा स्थापित कोषमा महासङ्घ बेलायतले रु २३ लाख सहयोग गर्ने भएको छ । शाखाको शनिबार लण्डनमा जुममार्फत बसेको बैठकले सो निर्णय गरेको हो ।
सहयोग गरिएको रकममध्ये रु २० लाख अक्षयकोषमा राखिने तथा रु तीन लाख कोरोना प्रभावित श्रमजीवी पत्रकारका लागि तत्काल खर्च गरिनेछ । पत्रकार महासङ्घ केन्द्रीय समितिले स्थापना गरेको सो आपत्कालीन कोषमा यसअघि केन्द्रीय समितिले रु ३० लाख जम्मा गरिसकेको छ । केन्द्रीय समितिले सो कोषमा कम्तीमा रु एक करोड जम्मा गर्ने लक्ष्य लिएको छ ।
शाखाले सन् २०१७ मा बेलायतमा च्यारिटी कार्यक्रम गरेर सङ्कलित रकमबाट सो सहयोग गरेको हो । यस्तै बेलायत शाखाका अध्यक्ष नरेश खपाङ्गी मगरको अध्यक्षतामा भएको सो बैठकले बेलायतमा कार्यरत नेपाली पत्रकारलाई प्रोत्साहन गर्नका लागि एक हजार पाउण्ड राशिको ‘एफएनजे युके पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय पनि गरेको छ ।
यसैगरी महासङ्घद्वारा आपत्कालीन कोष सञ्चालन निर्देशिका तथा मापदण्ड बनाउन गठित समितिमा शाखाका महासचिव सञ्जयभक्त कँडेललाई पठाउने निर्णय पनि गरिएको छ । बैठकमा महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले कोभिड–१९ बाट उत्पन्न समस्याका कारण नेपालमा झण्डै दुई हजार पत्रकारले रोजगारी गुमाएको तथा देशभरि ७५० भन्दा बढी पत्रपत्रिका तथा पाँच एफएम रेडियो स्टेशन बन्द भएको जानकारी दिए ।
महासङ्घका महासचिव रमेश विष्टले रोजगार गुमाएका पत्रकारलाई मानवीय सहयोग गर्न आपत्कालीन कोष खडा गरिएको बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: