Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

सरकारको सुरक्षित आवास कार्यक्रमअन्तर्गत जस्तापाताको छानासहित २ सय घर बन्ने

वाग्मती । नेपाल सरकारको सुरक्षित आवास कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा विपन्न तथा गरिब परिवारका दुई सय घरको छाना जस्तापाताबाट बनाइने भएको छ । सङ्घीय सरकारको सघन शहरी तथा भवन निर्माण योजनाअन्तर्गत सुरक्षित नागरिक आवास कार्यक्रममार्फत मकवानपुरमा निर्वाचन क्षेत्र नं २ मा खरले छाएको घरलाई पक्की जस्ताको घर बनाइने बताइएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरमा बसेको सुरक्षित नागरिक आवास समन्वय समितिको बैठकले मकवानपुरका चार पालिकामा जस्तापाताको छाना भएको घर बनाइने निर्णय गरेको हो ।

बैठकबाट प्राप्त भएको जानकारीअनुसार हेटौँडा उपमहानगरपालिका तथा मनहरि, कैलाश र मकवानपुरगढी गाउँपालिकामा ५० का दरले खरको छानोका स्थानमा जस्तापाताका घर बनाइने भएको छ ।

नागरिक सुरक्षित आवास कार्यकमअन्तर्गत आव २०७५/७६ को स्वीकृत कार्यक्रमानुसार हेटौँडा–१९ मा ४० घरको छानो फेरिएको छ । बाँकी १० घरका छानो तथा अन्य गाउँपालिकाको छनोट गरी बैठकबाट अनुमोदनसमेत भएको छ । बैठकबाट अनुमोदन भएका लाभग्राहीलाई सम्बन्धित पालिकासँग सम्झौता गरी निर्माण अगाडि बढाइने निर्णय भएको आयोजना प्रमुख प्रकाश अर्यालले जानकारी दिए ।

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले गरीबी निवारणका लागि सुरक्षित आवास आवश्यक रहेको बताउँदै यस कार्यमा सबैलो सहयोग गर्नुपर्नेमा जोड दिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy