दमास्कस । सिरियामा संसदीय निर्वाचनका लागि आइतबार मतदान भएको छ । राष्ट्रपति बसर अल असद र उनकी पत्नी आस्मा सँगै दमास्कसस्थित राष्ट्रपतिमामिला मन्त्रालयमा रहेका एउटा मतदान केन्दबाट भोट असालेको सिरियाली सञ्चारमाध्यमले जनाएका छन् ।
देशभरबाट कूल २५० सदस्य छानिने संसदीय निर्वाचनमा कूल उक हजार ६५६ उम्मेदवारले भाग लिएका छन् ।
देशका सात हजार २७७ मत केन्द्रमा मतदानका लागि सिरियाली नागरिक हातमा सेता पञ्जा र मुखमा मास्क लगाएर मतदानका लागि लामबद्ध भै आफ्ना प्रतिनिधिलाई पालो अनुसार मतदान गरेका छन् ।
द्वन्द्वग्रस्त सिरियामा मतदानका समय समाचार तयार पार्दासम्म एकाध ठाउँमा बाहेक खासै ठूला आक्रमणका घटना नभएका अधिकारीहरूले बताएका छन् ।
द्वन्द्वग्रस्त सिरियामा सरकारको नियन्त्रणमा करिब ७० प्रतिशत भूमि रहेको छ भने ३० प्रतिशत भूभाग विद्रोहीको प्रभाब क्षेत्रका रूपमा रहेको छ । सिरियाको उत्तरपश्चिमी क्षेत्रको इदलीबमा कट्टरपन्थी विद्रोहीको राम्रो प्रभाब रहेको छ भने उत्तरपूर्वी क्षेत्रमा अमेरिकाको सहयोग प्राप्त कूर्दिस लडाकूको दल सिरियन डेमोक्र्याटिक फोर्सेसको प्रभाब रहेको छ ।
सिरियाका राष्ट्रपति असदलाई रूसको बलियो समर्थन रहेको छ भने विद्रोही कूर्दिस लडाकूलाई टर्की, अमेरिकालगायतका पश्चिमी मुलुकहरूको समर्थन रहेको छ ।
सन् २०११ मा विपक्षी दलले राष्ट्रपति असदको दोस्रो कार्यकालका लागि भएको निर्वाचन स्वतन्त्र तथा निस्पक्ष नभएको भन्दै उहाँविरूद्धको आन्दोलन शुरू गरेपछि भएका हिंसात्मक घटनाले पछि गएर गृहयुद्धको स्वरूप लिएको थियो ।
करिब एक करोड ६५ लाखभन्दा बढी जनसङ्ख्या रहेको सिरियामा द्वन्द्वमा कम्तीमा आधा जनसङ्ख्या विस्थापित भएका कारण लाखौँ सिरियालीले आइतबार मतदान गर्ने अवसर पाउने छैनन् । नौ बर्ष लामो सिरियाली युद्धमा कम्तीमा तीन लाख ८० हजार नागरिकको मृत्यु भइसकेको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: