विराटनगर । आधुनिकयन्त्रको प्रयोग गरी उत्पादन वृद्धि गर्नुका साथै कृषकलाई व्यावसायिक बनाउन गर्न रु एक करोड १४ लाख बराबरको विभिन्न कृषि उपकरण वितरण गरिएको छ । प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजना कार्यान्वयन एकाइ मोरङद्वारा सोमबार यहाँ आयोजित कष्टम हायरिङ सेन्टर तथा साना मेशिनरी औजार हस्तान्तरण कार्यक्रममा मोरङका माछा तथा धान जोनमा आबद्ध किसानलाई कृषिका आधुनिक उपकरण वितरण गरिएको हो ।
माछा जोनमा आबद्ध १६ किसानलाई रु ३४ लाख बराबरको माछा पोखरीमा पानी पटाउन एकरएक थान मोटरपम्प, माछा तौल गर्न ४१ किसानलाई डिजिटल काँटा, ५९ किसानलाई पानी मापनका लागि पिएच मिटर तथा माछालाई अक्सिजन प्रदान गर्न छ एरियेटरलगायतका उपकरण प्रदान गरिएको छ ।
यसैगरी धानजोनसँग आबद्ध किसानले प्रयोग गर्ने गरी रु ८० लाख मूल्य बराबरको एउटा कम्पाइण्ड हार्वेष्टर, दुईवटा ट्र्याक्टर, दुई ट्रली, दुई रोटामेटर, दुई कल्टिमेटर र दुई केजबिल वितरण गरिएको छ । एउटा हार्वेष्टरले प्रतिघण्टा १५ कठ्ठा जग्गामा रहेको धान, गहुँ र मकै कटाइ, दाउनी र बोरामा प्याक गर्ने परियोजना एकाइ कार्यालयका प्रमुख विनोदकुमार मण्डलले बताए ।
हार्वेष्टरलगायतका यन्त्र सहकारी संस्थामार्फत किसानले प्रयोग गर्नेछन् । परियोजनाले ५० प्रतिशत अनुदानमा कृषकलाई ती उपकरण वितरण गरेको हो ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: