Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

सुदूरपश्चिम प्रदेशमा १२७ वन सामुदायिक वैज्ञानिक वनमा समाहित

गोदावरी । सुदूरपश्चिम प्रदेशमा १२७ वटा सामुदायिक वन वैज्ञानिक वनमा समाहित भएका छन् । प्रदेशमा गत आर्थिक वर्ष २०७६/७७ सम्म सबैभन्दा बढी कैलालीमा ९२, कञ्चनपुरमा १२, डडेल्धुरामा पाँच, डोटीमा १०, बैतडी तीन, बाजुरा एक तथा अछाममा तीन गरी १२७ वटा सामुदायिक वन वैज्ञानिक वनमा समाहित भएका हुन् ।

प्रदेशका सात जिल्लाभित्र ३४ हजार ४२२ दशमलव ९२ हेक्टर सामुदायिक वनभित्र वैज्ञानिक वन व्यवस्थापन लागू भएको प्रदेश वन निर्देशनालयले जनाएको छ । प्रदेशभित्र कूल १० लाख ८३ हजार ६७० हेक्टर वन क्षेत्र रहेकोमा तीन दशमलव १८ प्रतिशत भूभागभित्र वैज्ञानिक वन व्यवस्थापन लागू भएको सुदूरपश्चिम प्रदेश वन निर्देशनालय धनगढीका वन निर्देशक हेमराज विष्टले जानकारी दिए । तराईका २० जिल्लामा चार लाख ९३ हजार ३९९ हेक्टरमध्ये ५० प्रतिशत भुभागमा मात्र वैज्ञानिक वन व्यवस्थापन लागू गर्न सकियो हो भने वार्षिक रु १५ अर्ब राजस्व सङ्कलन गर्न सकिने बताउँदै विष्टले छदेखि १२ लाख व्यक्तिलाई रोजगारी दिन सकिने बताए ।

प्रदेशमा चालू आर्थिक वर्षमा पाँच लाख ४८ हजार ७४० क्वीफिट काठ र दुई हजार ८७५ चट्टा दाउरा सङ्कलन गर्ने प्रक्षेपण गरिएको सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको छ । प्रदेशमा वैज्ञानिक वन लागू भएका १२७ वटा सामुदायिक वनमध्ये कैलालीका बाह्रवन र भारताल गरी दुई वटा वनमा साझेदारी वन व्यवस्थापन लागू भएको जनाएको छ ।

विसं २०७१ मा बाह्रवन साझेदारी व्यवस्थापन समितिमा वैज्ञानिक वनको कार्ययोजना स्वीकृत भएको थियो भने भारतालको २०७६ मा कार्ययोजना स्वीकृत भएको डिभिजन वन कार्यालय कैलालीले जनाएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: