Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

भक्तपुरको चाँगुनारायणका बस्ती पहिरोको जोखिममा

भक्तपुर । २०७२ साल वैशाख १२ गतेको भूकम्पले बस्दै आएको घर भत्कायो । घर बनाउने पैसा नहुँदा पाँच वर्ष जस्ताको टहरामा बस्दै आएको छ, १३ जनाको परिवार । पाँच वर्षपछि जग्गा बिक्री गरेर पक्की घर निर्माण शुरु गरेको दुई महिना नपुग्दै पहिरो घरको पेटीमै पुगेको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीको गिरी–बस्नेत टोलमा पहिरोको चपेटामा बन्दै गरेको घर परेपछि सानुभाइ गिरीका परिवार यतिखेर निकै चिन्तामा छन् । पहिरोले निर्माण हुँदै गरेको घरसँगै बस्दै आएको टहरा पनि लैजाने जोखिम भएपछि परिवार आफन्त र छिमेकीको घरमा गएर रात गुजार्नु परेको छ ।

तीन दिनदेखि परेको अविरल वर्षासँगै आएको पहिराका कारण सो टोल जोखिममा परेको छ । २५ फिट परदेखि एकैपटक पहिरो गएर घर नजीकै पुगेपछि पहिराले घर लैजाने चिन्ताले पिरोलेको गिरीले बताए । घर नजीकै राजेन्द्रप्रसाद दाहालले भिरालो ठाउँमा जग्गा सम्याएर प्लटिङ गरी बिक्री गरेपछि यो ठाउँ पहिरोको चपेटामा परेको हो ।

वर्षौंदेखि पैदल हिँड्ने बाटोसमेत मासेर जग्गा कारोबारीले भएका ठूला रूखहरु तथा बाँसको झाङ्ग फँडानी गर्दै जग्गा प्लटिङ गरेपछि यस वर्ष यो ठाउँ पहिराको चपेटामा परेको हो । “गत वर्षसम्म यो ठाउँमा पहिरो गएको थिएन तर प्लटिङ गर्नेले जग्गा सम्याउँदै भएको रूख बिरुवा काट्दा पहिरो गयो, पहिराले घरै भेट्न लागिसक्यो”, अर्का पीडित रोशन गिरीले भने ।

जग्गा प्लटिङ गरिरहेकै बेलामा पनि दाहाललाई पहिराको जोखिमबाट बचाउन सुरक्षाका लागि अनुरोध गरे पनि त्यसको सुनुवाइ नभएपछि अहिले पहिरोले एकै रातमा बितण्डा मच्चाएको उनको भनाइ छ । “हिजोबाट त झन्झन् पहिरो बढ्न थाल्यो, मैले वडाध्यक्ष, प्लटिङ गर्नेलाई पनि भनेँ, वडाध्यक्ष आएर हेरेर गए, प्लटिङ गर्ने मान्छेलाई खबर पुगेपछि अहिले मोबाइल स्विचअफ गरेर बसेको छ, सम्पर्कमा आउँदैन, पहिराले घर गए, उसैले क्षतिपूर्ति तिर्नुपर्छ”, गिरीले भन् । अहिले स्थानीयवासीले पहिरो रोकथामका लागि प्लाष्टिक र त्रिपालले सके जति ठाउँ छोपेर पहिरो रोक्ने प्रयास गरिरहेका छन् ।

आज भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापा, नेपाली सेना वीरदल गण सूर्यविनायकका गणपति कर्नेल शिव पौडेल, चाँगुनारायण नगरपालिकाका अधिकृत सिद्धान्त न्यौपाने सहितको टोलीले सो क्षेत्रको निरीक्षण गरेको छ । निरीक्षणका क्रममा प्रजिअ पाण्डेले गिरीको घरसँगै टोलबस्ती नै उच्च जोखिममा परेकाले तत्काल पहिरो रोक्ने काम गर्नुपर्ने बताइन् ।

वीरदल गणका गणपति कर्नेल पौडेलले तत्कालका लागि पहिरो रोक्न त्रिपाल प्रदान गरेको बताउँदै यो क्षेत्रलाई दीर्घकालीन रुपमा पहिरो रोकथामको उपाय अवलम्बन गर्न जरुरी रहेको छ भने । नगरपालिकाका अधिकृत न्यौपानेले पहिरो गएको ठाउँमा छोपेर पहिरो रोक्न तत्काल प्लाष्टिक वितरण गरेको बताउँदै वर्षापछि मात्रै अन्य उपाय अपनाउन सकिने जानकारी दिए। नगरपालिकाको धेरै क्षेत्रमा पहिरो गएकाले अनुगमन गर्दै प्लाष्टिक, पाइप वितरण गरिएको उनको भनाइ छ । यो बस्तीको पीपलबोटदेखि गिरीबस्ती सम्मको सडकसमेत पहिराको चपेटामा परेको छ भने सडकमाथि रहेका घरहरु पोहिराको जोखिममा परेको छ ।

त्यसैगरी नेपाली सेनाको वीरदल गणले आज सूर्यविनायक नगरपालिका–५ कटुञ्जे घट्टेखोलाले सडकमा क्षति पुर्याएपछि सेनाको टोलीले बोरामा माटो भरेर रोकथाम गरेको छ । यस क्षेत्रमा भएको क्षतिको सेनाको टोलीसहित नगरप्रमुख वासुदेव थापा लगायतले अनुगमन गरेका छन् । त्यस्तै चाँगुनारायण–४ पौवामा चार घर उच्च जोखिममा रहेको जानकारी दिँदै कर्नेल पौडेलले नेपाली सेनाले त्यो बस्तीमा १५ थान त्रिपाल र पाइप वितरण गरेको र आपत्कालीन अवस्थामा तैनाथ हुन जनशक्ति तयारी अवस्थामा राखिएको जानकारी दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy