Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

देशैभरि गुर्जोको बिरुवा निःशुल्क वितरण

काठमाडौँ । आन्तरिक राजश्व कार्यालय लहान–सिराहाका प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले देशैभरि ‘गुर्जो’ को बिरुवा निःशुल्क वितरण गर्दै आएका छन् । गुर्जो/गुरगुज/गिलोय/गुडुची/अमृता नियमित सेवन गर्दा निरोगी हुने बताउँदै आफूले अहिलेसम्म देश तथा विदेशमा गरेर २२ हजारभन्दा बढी गुर्जोको बिरुवा÷बेर्ना निःशुल्क वितरण गरेको जानकारी दिए । अधिकृत राजलवटले मङ्गलबार यहाँ पत्रकार सम्मेलन गरी आगामी दिनमा गुर्जोलाई आफूले ७७ वटै जिल्लामा निःशुल्क वितरण गर्ने दिए । गुर्जोको फाइदा धेरै भएकाले नेपालमा प्रत्येक घरघरमा त्यसको बिरुवा राख्नुपर्ने उनको भनाइ छ ।

गुर्जोको वैज्ञानिक नाम टिनोस्पोरा कोर्डिफोलिया रहेको बताउँदै त्यसका मुख्य तीन गुणहरु रोग प्रतिरोधात्मक क्षमता बढाउने, शारीरिक शक्ति बढाउने र शरीरका विकारहरु बाहिर निकाली स्वस्थ बनाउने उनले जानकारी दिए । उनले भने, “गुर्जोको यही विशेषताले गर्दा अहिलेको विश्वव्यापी महामारीको रूपमा देखापरेको कोरोना भाइरस, जस्तोसुकै रुघाखोकी, पुरानोभन्दा पुरानो ज्वरो पनि निको पार्दछ ।”

गुर्जोको गुणहरु त्रिदोष नाशक (वात, पित्त, कफ), एन्टी–ब्याक्टेरियल, एन्टी–भाइरल, एन्टी–एलर्जिक, एन्टी–अक्सिडेन्टल, एन्टी–इन्फ्लामेटरी कुलिङ, एन्टी–ट्युमर र एन्टी–एसिडलगायतका धेरै रहेका उनले बताए । उनका अनुसार गुर्जोको फाइदा तथा उपयोगितामा ग्याष्ट्रिक, रक्तचाप, मधुमेह, युरिक एसिड, कलेजो, मुटु, मिर्गौला, डिप्रेसन, एन्जाइटी, नशासम्बन्धी समस्या तथा मानसिक समस्याका लागि पनि उपयोगी हुनेछ । त्यसैगरी पाचनतन्त्र बलियो बनाउने, रगतमा प्लेटलेट्स बढाउने, जोर्नी दुःखाई कम गर्ने, सुनिन्ने, बाथ रोगमा पनि यो फलदायी हुनेछ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: