चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत १६ किलोमा चट्टान फोरेर पहिरो पन्छाउन थालिएको छ । भरतपुर महानगरपालिका–२९ को बालुवा पुल नजिकै मङ्गलबार राति ठूला चट्टानसहितको पहिरो खसेपछि आज बिहान १० बजेबाट चट्टान फोरेर पहिरो पन्छाउन थालिएको हो ।
डिभिजन सडक कार्यालय भरतपुरका ईञ्जिनीयर विजय दराईका अनुसार चट्टान फोर्नुपर्ने भएपछि एक्साभेटरमा ब्रेकर राखेर फोर्न थालिएको छ । नारायणगढ तर्फको भागमा एक्साभेटरले बिहान १० बजेबाट ढुङ्गा फोर्न शुरु गरेको हो । मुग्लिन तर्फबाट बिहान ९ बजेबाट लोडरले पहिरो पन्छाउन थालेको छ ।
पहिरोले सडकको झण्डै १५० मिटर भाग ढाकेको छ । दराईले भने“माथि २५० मिटर जतिबाट पहाडै खसेको छ ।” करिब पाँच घण्टामा पहिरो पन्छाउन सकिने अनुमान गरिएको उनले जानकारी दिए । अर्को एउटा एक्साभेटर पनि खोजी गरिएको दराईको भनाइ छ । साना ढुङ्गा, गिट्टी, बालुवा सहजै पन्छाउन सकिने भए पनि ठूला ढुङ्गालाई ब्रेकरले फोरेर पन्छाउनुपर्ने हुन्छ ।
सो सडकको चार किलोमा सोमबार बिहान खसेको पहिरो पन्छाएर मङ्गलबार दिउँसो ४ः३० बजे सडक एकतर्फी खोलिएको थियो । त्यसै राति ८ः४५ बजे १६ किलोमा ठूला चट्टानसहित पहिरो खसेको हो ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: