लहान । सिरहाका स्थानीय तहहरुले ग्रामीण क्षेत्रलाई शहरसम्म जोड्ने सडक कालोपत्र र ढलान गर्ने योजनालाई प्राथमिकता दिन थालेका छन् ।
विगत वर्षमा अधिकांश सडकमा माटो ग्राभेलको योजनालाई प्राथमिकता दिँदै आएका सिरहाका स्थानीय तहहरुले आर्थिक वर्ष ०७६/०७७ देखि सडकलाई पक्की र कालोपत्र गर्ने योजनालाई प्राथमिकता दिन थालेका हुन् । सडक सञ्जाल निर्माण गरेर ग्रामीण क्षेत्रबाट शहरसम्म पुग्न घण्टौँ लाग्ने नगरवासीको समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्दै आवतजावतमा सहजता ल्याउने उद्देश्यले सडक कालोपत्रे र पक्की बनाउने योजनालाई प्राथमिकता दिएको स्थानीय सरकारका प्रमुखले बताएका छन् ।
लहान नगरपालिका, धनगढीमाई नगरपालिका, गोलबजार नगरपालिका, मिर्चैया नगरपालिका र सुखीपुर नगरपालिकाले नगरक्षेत्रका सडकमा कालोपत्र र ढलान गर्ने योजनालाई प्राथमितामा राखेर काम अघि बढाएका छन् । जनसङ्ख्या र वडाको दृष्टिकोणले सिरहाको सबैभन्दा ठूलो नगरपालिका लहान नगरपालिकाले ग्रामीण भेगलाई लहान बजारसँग जोडिएका आधा दर्जन सडकलाई कालोपत्र र ढलान गर्ने योजनालाई अघि बढाएको लहान नगरपालिकाका प्रमुख मुनी साहले बताए ।
कूल २४ वडा रहेको लहान नगरपालिकाको दक्षिणी भेगमा पर्ने वडा नम्बर १९, २०, २१, २२ र २३ का जनतालाई सहज र कम समयमा लहान बजारसम्म पुग्ने सडक निर्माण तीव्ररुपमा भइरहेको नगरप्रमुख साहको भनाइ छ । यस्तै नगरपालिकाको उत्तरी भेगका पर्ने वडा नम्बर १५, १६, १७ र १८ लाई लहान बजारसँग जोड्ने सडकलाई वडास्तरीय बजेटबाट पक्की गर्न ढलानको कामसमेत अघि बढाइएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको उत्तरी पश्चिम क्षेत्रमा पर्ने वडा नम्बर १३ र १४ को १० किलोमिटर सडकमा कालोपत्रे भइरहेको र करिब चार किलोमिटर सडक कालोपत्र सकिएको छ । बाँकी सात किलोमिटर सडकमा छिट्टै कालोपत्र सकिने र ठूलो वडाको रुपमा रहेको वडा नम्बर २४ लाई उद्योगग्राम र पर्यटकीय क्षेत्र जोड्ने सडक निर्माणका लागि प्रदेश र सङ्घीय सरकारसँग पहल भइरहेको नगरप्रमुख साहले जानकारी दिए ।
लहान नगरपालिकासँगै जोडिएको धनगढीमाई नगरपालिकाले पनि नगरक्षेत्रको सडकलाई कालोपत्र गर्ने योजनालाई तीव्रता दिएको छ । धनगढीमाई नगरपालिकाले ग्रामीण क्षेत्रलाई बजारसम्म जोड्ने करिब २५ किलोमिटर सडकमा कालोपत्र गर्ने कार्य भइरहेको नगरप्रमुख हरिनारायण चौधरीले बताए । सडक कालोपत्र र ढलान गर्ने योजनालाई प्राथमिता दिएको गोलबजार नगरपालिकाले पनि अहिले नगरक्षेत्रका करिब ३२ किलोमिटर सडकमा कालोपत्र र ढलानको काम सकिएको जनाएको छ ।
छिमेकी तीन स्थानीय तहले सडक सञ्जाल कालोपत्र र पक्की बनाउने कार्यलाई प्राथमिकता दिएपछि सुखीपुर नगरपालिकाले पनि गाउँलाई बजारसँग जोड्ने १३ किलोमिटर सडकमा कालोपत्र र तीन किलोमिटर सडकमा ढलान भइसकेको नगरप्रमुख रामऔतार यादवले जानकारी दिए । स्थानीय तहहरुले सञ्जाल विस्तारसँगै सडक कालोपत्र तथा ढलान गर्ने कार्यलाई प्राथमिकतामा राखेर काम अघि बढाएपछि स्थानीय उत्साहित बनेका छन् ।
विगत वर्षहरुमा अधिकांश सडकमा असार मसान्तमा माटो र ग्राभेल हाल्दै आएका स्थानीय तहहरुले पछिल्लो एक वर्षदेखि कालोपत्रे तथा ढलान कार्यलाई प्राथमिकता दिएकाले छिट्टै नगरक्षेत्रमा विकासीय गतिविधिले तीव्रता लिने लहान नगरपालिका–८ का सन्तोष गुप्ताले बताए । यसबाट वर्षेनी माटो र ग्राभेलका नाममा भ्रष्टाचार गर्ने गरेको आरोपबाट समेत जनप्रतिनिधि केही हदसम्म मुक्त हुने उनको कथन छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: