लमजुङ । गण्डकी प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मुख्य सचेतक मायानाथ अधिकारीले पार्टी एकताको मर्मअनुसार दुई अध्यक्ष मिल्नुको विकल्प नरहेको बताएका छन् ।
४२ औँ पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपा लमजुङद्वारा आज बेँसीशहरमा आयोजित कार्यक्रममा बोल्दै उनले कम्तीमा आगामी महाधिवेशनसम्म प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मिलेर अघि बढनुपर्ने र महाधिवेशनले एकल अध्यक्ष चयन गर्ने बताए ।
नेकपाका केन्द्रीय सदस्यसमेत रहेका मुख्य सचेतक अधिकारीले देशले बलियो र स्थायी सरकार खोजेको अवस्थामा अनावश्यक विवाद गरेर अल्झन नहुने बताउँदै राजनीति सही बाटोमा जाँदा धेरै परिवर्तन भएकाले समृद्ध नेपाल र सुखी नेपालीका लागि नेताहरु मिलेर अघि बढनुपर्ने र जनआकाङ्क्षा पूरा गर्नुपर्नेमा जोड दिए ।
पार्टी एकतालाई जोगाउने हो भने पक्ष–विपक्षमा भन्दा सरकार र पार्टीलाई बलियो बनाउने अभियानमा लाग्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका सदस्य महेन्द्रलाल श्रेष्ठ, फूलबहादुर थापा, प्रेम घले, कार्यालय सदस्य कृष्णप्रसाद अधिकारीले सिङ्गो कम्युनिष्ट पार्टीको एकताले पुष्पलालप्रति साँच्चै सम्मान भएको भन्दै अब ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियानलाई सार्थक बनाउनुपर्ने बताए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: