काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले पार्टी नेताहरुका विरुद्ध भइरहेको दुष्प्रचार बन्द गर्न आग्रह गरेको छ । पछिल्ला दिनमा नेकपाको आन्तरिक वैचारिक बहसका विषयलाई लिएर भइरहेको गलत प्रचार तथ्यमा आधारित नरहेको पनि सचिवालयले स्पष्ट पारेको छ ।
अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले आज ‘प्रेस नोट’ जारी गरी केही दिनयता पार्टीका स्थायी समिति सदस्य जनार्दन शर्माका सम्बन्धमा विभिन्न माध्यमबाट प्रकाशित÷प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् । पछिल्लो समय नेता शर्माले पार्टीलाई वैचारिक तथा साङ्गठानिक रुपमा थप एकताबद्ध बनाउन भूमिका निर्वाह गर्दै आएका छन् ।
“आन्तरिक वैचारिक बहस एक जीवन्त पार्टीका विशेषताहरु हुन्, तिनै बहसका सम्बन्धमा मिडियामार्फत नेतामाथि लगाइने आरोप र दुष्प्रचार निन्दनीय छ”, सापकोटाद्वारा जारी प्रेस नोटमा भनिएको छ । पार्टी एकतादेखि आजसम्मको काममा नेता शर्माले अध्यक्ष दाहाललाई सहयोग गर्दै आउनुभएको उल्लेख गर्दै अध्यक्ष दाहालको सचिवालयले अहिलेको पार्टीभित्रको आन्तरिक बहसमा पनि उनी पार्टी एकताका पक्षमा लागेकोमा प्रष्ट पारेको छ । उनले नेता शर्मामाथि अध्यक्ष दाहालसँग जोडेर गरिएका भ्रामक प्रचारलाई खारेज गरेका छन् ।
गत असारमा बसेको नेकपाको स्थायी कमिटी बैठकमा नेता शर्माले एकताका लागी सबैले आआफ्नो अहम् छाडेर रुपान्तरित हुन जरुरी रहेको धारणा राखेका थिए । आफ्ना कमीकमजोरी स्वीकार्न, आफैँलाई सच्चाउने, छलफल र बहस गर्दै नयाँ निष्कर्षमा पुग्ने विषयमा रुचीपूर्वक लाग्नुपर्नेमा जोड दिँदै उहाँले रुपान्तरणका साथ एकताबद्ध हुनुमै राष्ट्रको भविश्य रहेको बताएका थिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: