बाजुरा । जिल्लाको पूर्वीउत्तरी क्षेत्रका लागि वितरण गर्न ल्याइएको राहत सामग्री आधा बाटामै रोकिएको छ । लगातारको वर्षाका कारण मार्तडी–कोल्टी सडक बन्द भएपछि बीच बाटामा पुगेको राहत अलपत्र अवस्थामा रहेको त्यस क्षेत्रका स्थानीय पालिकाले जानकारी दिएका छन् ।
पूर्वी–उत्तरी क्षेत्रमा पर्ने बूढीनन्दा नगरपालिका तथा हिमाली, स्वामिकात्र्तिक खापर गाउँपालिकासहित अतिविपन्न र गरिब परिवारका लागि आइएनएफ, एनएनडिएसडब्लुओलगायत संस्थाले राहत सामग्री ट्र्याक्टरमा लोड गरेर कोल्टी ल्याउन लागेका हुन् ।
राहत गैरसरकारी संस्थाले अतिविपन्न र गरिब परिवार मुक्तहलियाका लागि लक्ष्य गरेर वितरण गर्न लागेका हुन् । बन्दाबन्दीले प्रभाव पारेका र अरुको ज्यालादारी गरेर काम गर्ने परिवारका लागि राहतस्वरुप वितरण गर्न लागिएको एनएनडिएसडब्लुओका जिल्ला संयोजक रोशन खड्काले बताए ।
मार्तडी–कोल्टी सडकखण्ड गत असार तेस्रो सातादेखि अवरुद्ध भएको छ । सडकमा कतै पहिरो खसेको छ भने कतै खोलामा पानीको बहाव बढेका कारण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राहत सामग्रीसहित लाखौँको व्यापारिक सामग्री बोकेर हिँडेका ट्र्याक्टर पनि ठाउँठाउँमा अलपत्र अवस्थामा छन् ।
आइएनएफ नामक गैरसरकारी संस्थाले बूढीनन्दा नगरपालिकाका ४१० परिवारका लागि वितरण गर्न लागेको खाद्य सामाग्री र सुरक्षा तथा सरसफाइ सामग्री बीच बाटामै अलपत्र परेको छ । राहत सामग्री कोल्टी लैजाने क्रममा बडिमालिका नगरपालिका–७ को रजातोली आसपास क्षेत्रमा अलपत्र अवस्थामा परेको आइएनएफका क्षमता विकास अधिकृत तिलक भण्डारीले जानकारी दिए ।
स्थानीय तहले छनोट गरेका आधारमा विपन्न, एकल महिला, मुक्तहलिया अपाङ्गता भएका व्यक्तिलगायतका परिवारलाई राहत दिने निर्णय गरिएको थियो । साँझ–बिहान छाक टार्नसमेत समस्या परेका परिवारलाई लक्षित गरेर वितरण गर्न लागिएको सामग्री बीचमै अलपत्र हुँदा दुःख लागेको अधिकृत भण्डारीको भनाइ छ ।
राहत पाउने आशाले लक्षित वर्गले दिनदिनै फोन गरिरहेका उनले बताए । आठ/दश जनालाई मात्र भए भरियामार्फत ढुवानी गर्न हुन्थ्यौँ यत्रो ठूलो सङ्ख्यामा समस्या भएको भण्डारीले बताए । यता नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घले पनि हिमाली, स्वामीकार्तिक खापर गाउँपालिका र बूढीनन्दा नगरपालिकाका ५५१ परिवारका लागि वितरण गर्ने गरी खरिद गरेको खाद्यान्न पनि बीच बाटोमै अलपत्र परेको छ ।
खाद्यान्न सामग्री ठूलो मात्रामा भएकाले मान्छेबाट बोकाएर सम्भव नभएको र भनेको समयमा खच्चड पनि सम्पर्कमा नआएका कारण खाद्यान्न ढुवानीमा समस्या देखिएको छ । पानीकै कारण खाद्यान्न बिग्रिने चिन्तासँगै लक्षित वर्गलाई समस्यामा सहयोग पुग्न नसक्नु समस्या देखिएको छ ।
विसं २०५६ मा निर्माण शुरु भएको मार्तडी–कोल्टी सडक २१ वर्षसम्म पनि पुरानै अवस्थामा रहेको छ । ४३ किलोमिटर सडकमा रु ३५ करोड बढी बजेट खर्च गरिए पनि बाटो सुधार हुन नसक्दा स्थानीयवासीलाई असारदेखि असोजसम्म सास्ती बेहोर्नुपरेको छ । बाटो अवरुद्ध हुँदा दैनिक उपभोग्य सामान ढुवानीमा समेत समस्या देखिएको छ । यो वर्ष भने कालोपत्रका लागि रु ९८ करोडको पहिलो चरणको ठेक्का भई निर्माण शुरु गरिसकिएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: