चेन्दू । चीनले शुक्रबार दक्षिणपश्चिमी शहर चेन्दूस्थित अमेरिकी वाणिज्य दूतावासलाई बन्द गर्न भनेको छ ।
संयुक्त राज्य अमेरिकामा रहेको चीनको एउटा नियोगलाई प्रतिबन्ध गर्ने अमेरिकी निर्णयको बदलामा अमेरिकी बाणिज्य दूतावास बन्द गर्न आदेश दिएको हो । अमेरिका र चीनबीचको शीत युद्द शैलीको कूटनीतिक व्यवहारले दुई देशबीचको सम्बन्धमा थप तिक्तता देखिएको छ ।
उक्त बन्दको घोषणा केही उच्च अमेरिकी अधिकारीहरूले चीनको ‘कडा व्यवहार’बारे दिएको चेतावनी र चिनियाँ नागरिकलाई संयुक्त राज्य अमेरिकामा विभिन्न विषयमा अभियोग लगाइएपछि भएको हो ।
चीनको परराष्ट्रमन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “चेन्दूस्थित अमेरिकी वाणिज्य दूतावासलाई सञ्चालन रोक्न आदेश गर्नु ‘संयुक्त राज्य अमेरिकाले गरेका अव्यवाहारिक कदमहरुका लागि वैधानिक र आवश्यक प्रतिक्रिया’ हो ।”
विज्ञप्तिमा भनिएको छ, “चीन–अमेरिका सम्बन्धको वर्तमान अवस्था चीनले हेर्न चाहेको होइन र अमेरिका यी सबैका लागि जिम्मेवार छ ।”
बाणिज्यदूतावास बन्द गर्ने निर्णय अमेरिकाले ह्युस्टन शहरमा रहेको चिनियाँ बाणिज्य दूतावासलाई शुक्रबारभित्र बन्द गर्न दिएको आदेशको बदलामा लिइएको कदम भएको चिनियाँ परराष्ट्र मन्त्रालयले बताएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले पत्रकारहरूसँग भने, “केही वाणिज्य दूतावासका कर्मचारीहरू ‘आफ्नो कार्यक्षेत्रभन्दा बाहिरका गतिविधि’हरूमा सम्लग्न थिए । उनीहरूको गतिविधिले चीनको आन्तरिक मामिलामा हस्तक्षेप भएको ठहर गर्दै उनीहरूका कारण चीनको सुरक्षा र हितलाई खतरामा पारेको देखिएको छ ।”
अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले यसै हप्ता ह्युस्टनस्थित चिनियाँ नियोग ‘जासूसी र बौद्धिक सम्पत्तिको चोरी’ गर्न उद्दत बनेको दावी गरेका थिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: