Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

धोवी खोलामा निर्माण गरिएको २ वटा पुल सञ्चालनमा

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं ५ र ७ लाई जोड्ने धोवी खोलामा निर्माण गरिएका दुईवटा पुल सञ्चालनमा आएका छन् ।

उक्त पुल वडा नं ५ ले निर्माण गरेको हो । आज महानगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सोही क्रममा प्रमुख शाक्यले भने, “हाम्रो कामको मूल्याङ्कन जनता आफैँले गर्नुहुनेछ, पार्क बनाउने, सार्वजनिक जग्गाको पहिचान गर्ने, सडक र यातायात सुधार, पैदल यात्रुको यात्रा सहजता, सम्पदा संरक्षण लगायतका काम महानगरका प्राथमिकतामा रहेका छन् ।”

दुई पुलको लागत रु १६ लाख ७४ हजार रहेको बताइएको छ । यी पुलबाट दैनिक ३०० भन्दा बढी पैदल यात्रुले प्रयोग गर्ने अपेक्षा गरिएको छ । “अब खोला पार गर्न लामो दूरी हिँडेर टाढा पुग्नु पर्दैन, वडा नं ७ का अध्यक्ष शुद्धकुमार डङ्गोल बताए, “यसबाट वडा नं ५ र ७ का बासिन्दालाई वारिपारि गर्न सहज हुनेछ ।”

त्यस क्रममा उपप्रमुख खड्गीले स्थानीय आवश्यकता पूरा गर्न सके आफ्नो कार्यकाल सफल हुने बताउँदै जनताका अपेक्षा पूरा गर्न महानगर सधैँ प्रतिबद्ध रहेको पनि पुनः दोहोर्याए । महानगरपालिकाले आफ्नो कार्यक्षत्रभित्र पर्ने अन्य सात स्थानमा पनि आकासे पुल निर्माणको काम गरिरहेको छ । माइतीघर र चावहिलमा निर्माणको अन्तिम चरणमा पुगेको र अन्य स्थानमा पनि निर्माणको काम भइरहेको प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।

प्रवक्ता डङ्गोलका अनुसार टेकु, कालीमाटी, कोटेश्वर, त्रिपुरेश्वरलगायत मानिसको बढी भीडभाड हुने स्थानमा पनि आकासे पुल निर्माणको तयारी थालिएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy