डोटी । उच्च अदालत दिपायल राजपुरमा गत आर्थिक वर्षमा लागुऔषधका मुद्दा सबैभन्दा बढी दर्ता भएका छन् । लागुऔषध ओसारपसारदेखि सेवनका घटना गत आवमा उच्च अदालत दिपायल राजपुरमा कूल ६९ मुद्दा दर्ता भएका पाइएको छ ।
उच्च अदालतका रजिष्ट्रार रणबहादुर कटवालका अनुसार ६९ लागुऔषधका मुद्दा दर्ता भएकामा कूल ३५ फछ्र्योट भएका छन् भने अब ३४ मुद्दा फछ्र्योट हुन बाँकी रहेका छन् । दर्ता भएका ती मुद्दाहरुमा खैरो हिरोइनदेखि गाँजा–चरेस सम्मका रहेका छन् ।
अदालतमा दर्ता भएका मुद्दामा सबैभन्दा बढी कैलालीका रहेका अदालतले जनाएको छ । त्यसैगरी जबर्जस्ती करणीका मुद्दा दर्ता भएका छन् । अदालतमा जबर्जस्ती करणीका मुद्दा कूल ६६ दर्ता भएकामा २८ फछ्र्योट भएका छन् भने ३८ मुद्दा फछ्र्योट हुन बाँकी छन् । ज्यानसम्बन्धी ५२ वटा मुद्दा दर्ता भएका रजिष्ट्रार कटवालले बताए ।
अदालतको न्याय सम्पादन सम्बन्धीमा स्थानीयवासीको विश्वास बढेका कारण मुद्दा दर्ताको सङ्ख्या बढ्दै गएका कामु मुख्य न्यायाधीश शेषराज शिवाकोटीले बताए । अदालतमा गएको आर्थिक वर्षमा कूल ६८३ थान मुद्दा दर्ता भएकामा ३७६ मुद्दा फछ्र्योट अर्थात् कूल मुद्दाको ५५.०५ प्रतिशत मुद्दा फछ्र्योट भएका छन् भने विभिन्न कागजात अपुग भएका कारण ३०७ मुद्दा फछ्र्योट हुन बाँकी रहेका बताइएको छ ।
अदालतमा परेका देवानी मुद्दाअन्तर्गत लिखित बदरमा ३४ मा १४ मुद्दा फछ्र्योट भएका छन् भने २० मुद्दा फछ्र्योट हुन बाँकी छन् । त्यसैगरी अंश मुद्दामा २२ परेकामा १३ फछ्र्योट भएका छन् भने नौ मुद्दा फछ्र्यौट हुन बाँकी, दुनियाँवादी फौजदारीअन्तर्गत जालसाजी मुद्दामा ३६ मुद्दा दर्ता भएकामा २६ फछ््र्योट भएका छन् भने १० मुद्दा बाँकी रहेका, रिट पुनरावलोकनमा २८ मुद्दा दर्ता भएकामा १८ फछ्र्योट भएका छन् भने १० फछ्र्योट हुन बाँकी रहेका छन् । उच्च अदालतका अनुसार अदालतको अपहेलना, बालबालिका तथा राजश्व चुहावटमा दर्ता भएका सबै मुद्दा फछ्र्योट भई न्याय सजायसमेत तोकिसकिएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: