Ntc summer Offer
Khabar Dabali १५ पुष २०८१ सोमबार | 30th December, 2024 Mon
Investment bank

राजविराजको सिरहा रोड ‘सिल’

राजविराज । सप्तरीको राजविराजमा दैनिक कोरोना भाइरसका सङ्क्रमित भेटिन थालेपछि राजविराजको सिरहा रोडलाई ‘सिल’ गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवका अनुसार राजविराज–६ का एक जना ७३ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएपछि समुदायमा कोरोना भाइरस फैलिएकाले सिरहा रोडलाई ‘सिल’ गरिएको छ । उनले राजविराज नगरपालिका–६ को राम मन्दिरदेखि सखडा रोड जाने बाटोसम्म निषेधित क्षेत्र कायम गरी ‘सिल’ गरिएको बताए ।

सप्तरीको राजविराजमा कोरोनाका सङ्क्रमित तीव्र रुपमा थपिन थालेपछि जोखिम बढ्दै गएको जनाइएको छ । पछिलो पटक स्वाब परीक्षणपछि राजविराज–६ कै एकै परिवारका चारसहित सात जनामा कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि त्यहाँ सङ्क्रमण फैलिन नदिन स्थानीय प्रशासनले तत्काल ‘सिल’ गर्नुपरेको स्वास्थ्य कार्यालयका प्रमुख यादवले जानकारी दिए ।

पछिल्लो रिपोर्टअनुसार राजविराज–६ मा चियानास्ता पसल सञ्चालन गर्दै आएको एउटै परिवारमा चार जनालाई कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार ६९, २९ र २२ वर्षीय पुरुष तथा ४० वर्षीय महिलामा कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ । स्थानीय प्रशासनले राजविराज नगरपालिका–६ लाई केन्द्रित गरी सिरहा रोडलाई ‘सिल’ गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

गत साउन १ गते कोरोनाका कारण मृत्यु भएका ७३ वर्षीय व्यापारीको परिवारका पाँच जना सदस्यसहित छरछिमेकमा कोरोना पोजिटिभ पाइएको छ । सप्तरी जिल्लाको राजविराजमा कोरोना सङ्क्रमण समुदायमा फैलिएको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि आज तेस्रो दिन पनि राजविराज बजार सुनसान देखिएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिकाभर अर्को आदेश नभएसम्मका लागि बिहीबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । सप्तरी जिल्लामा हालसम्म सङ्क्रमितको सङ्ख्या ४१८ पुगेको छ । यसमध्ये २८६ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट रञ्जित झाले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy