Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

होटल सञ्चालनको पूर्वतयारीमा जुट्न सङ्घको आग्रह

पोखरा । सरकारले बन्दाबन्दी खुलेको घोषणा गरेपछि पश्चिमाञ्चल होटल सङ्घ, पोखराले होटल सञ्चालनको लागि पूर्वतयारी गर्न आग्रह गरेको छ । सङ्घका तर्फबाट अध्यक्ष विकल तुलाचनले एक विज्ञप्ति जारी गरी बन्दाबन्दीले लामो समय बन्द रहेका होटल व्यवसायलाई पूर्ववत् रुपमा सञ्चालनको लागि तयारी गर्न आग्रह गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “वर्तमान अवस्थाले पर्यटकहरुको आगमनमा शून्य रहेको हुँदा यो समयलाई सदुपयोग गर्दै प्रमुख पर्यटकीय सिजनलाई लक्षित गरी त्यस समयमा आगमन हुने पाहुनालाई भयरहित वातावरणको सुनिश्चितता गर्न आग्रह गरिन्छ । आतिथ्यता प्रदान गर्न सङ्घले होटल प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुलाई होटल सञ्चालन कार्यविधि (प्रोटकल) अनुरुप तालीम प्रदान गर्ने, सुरक्षा सावधानीका सामग्री खरिदमा सहजीकरण गर्ने हुँदा यहाँहरुलाई आन्तरिक तयारीमा जुट्न आग्रह समेत गरिएको छ ।

पर्यटनलाई चलायमान बनाउन वर्तमान समयमा आन्तरिक पर्यटकको विशेष भूमिका रहने भन्दै सङ्घले निकट समयमा नै डिजिटल वा विभिन्न माध्यमहरुबाट आन्तरिक पर्यटन प्रवद्र्धनका कार्यहरुको तयारी गरिरहेको पनि जनाएको छ । यसैगरी होटल सेवा पनि सावधानी अपनाउँदै क्रमिक रुपले खुल्दै जाने अपेक्षा सङ्घले गरेको छ । पर्यटनलाई पुरानो लयमा फर्काउन होटल सञ्चालन कार्यविधि जारी गरेको अवस्थामा सो कार्यविधि अवलम्बन गरी व्यवसाय सञ्चालन गर्नु सबैको दायित्वलाई स्मरण गराइएको छ ।

नेपाल सरकारद्वारा गत श्रावण ६ गतेबाट जन जीवन र आर्थिक गतिविधिलाई चलायमान बनाउन पूर्ण सुरक्षा सावधानी अपनाउँदै करिब चार महिनाको बन्दाबन्दी अन्त्य भएको घोषणा गरेको थियो । घोषणासँगै श्रावण १५ गतेदेखि होटल, रेष्टुरेण्ट तथा पर्यटन व्यवसाय र भदौ १ गतेदेखि लामो दूरीका यातायात सेवा, आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई सेवा पुनःसञ्चालन गर्न सेवा प्रदायकहरुलाई अनुमति प्रदान गरेको छ ।

यसैगरी सङ्घले हालै मात्र नेपाल राष्ट्र बैंकले जारी गरेको २०७७÷७८ को मौद्रिक नीतिमा होटल तथा पर्यटन क्षेत्रमा सहुलियत दरको पुर्नकर्जा, ऋणको पुनःतालिकीकरण, साँवा तथा ब्याज भुक्तानीको लागि थप समयावधि माग भएअनुसार केही सम्बोधन हुनुले वर्तमान परिस्थितिमा केही राहत मिलेको महसुस गरेको उल्लेख गरेको छ । यसको यथाशीघ्र कार्यान्वयनको लागि पनि नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराइएको छ ।

कोभिड–१९ को कारण पर्यटन क्षेत्रमा देखिएको शिथिलतालाई मध्यनजर गर्दै सङ्घ होटल प्रतिष्ठानहरुलाई नवीकरण शुल्क र नयाँ सदस्यता शुल्कमा ५० प्रतिशत छुट दिई आर्थिक वर्ष २०७७÷७८ को नवीकरण र नयाँ सदस्यता प्रदान गर्ने जानकारी पनि सङ्घले गराएको छ ।

अध्ययन सामग्री वितरण गरिने

कोभिड–१९ का कारण विद्यालय जान नपाएका विद्यार्थीलाई पोखरा महानगरपालिकाले अध्ययन सामग्री वितरण गर्ने भएको छ । पोखरा महानगरपालिकाको शिक्षा महाशाखाले ‘सो अध्ययन सामग्री’ तयार गरी सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई वितरण गर्ने महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार पहिलो चरणमा साउन ११ र १२ गते विभिन्न आठ वटा वडामा रहेका विद्यार्थीलाई अध्ययन सामग्री वितरण गर्न लागिएको हो । पोखरा महानगरपालिकाका ३३ वटै वडाका विद्यार्थीहरुलाई पहिलो चरणमा आठ वटा वडामा पाँच हजार छ जना विद्यार्थीलाई सो अध्ययन सामग्री वितरण गरिने छ ।

विद्यालय जान नपाएका विद्यालयलाई लक्षित गरी पोखरा महानगरपालिकाले विद्यार्थीमा सकारात्मक ऊर्जा सिर्जना गर्न र उनीहरुमा रहेको प्रतिभा प्रस्फुटन गराउन टेलिभिजन कार्यक्रम पोखरा शैक्षिक अभियान सञ्चालन गर्दै आएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy