विराटनगर । भूमिसुधार तथा मालपोत कार्यालय मोरङले आर्थिक वर्ष २०७६/७७ मा रु ६७ करोड ४६ लाख १७ हजार ८७८ राजस्व सङ्कलन गरेको छ ।
आव २०७५/७६ मा रु ७२ करोड २७ लाख ८० हजार ५१० राजस्व सङ्कलन गरेको थियो । तुलानात्मकरुपमा अघिल्लो आवभन्दा गएको आवमा रु चार करोड ८१ लाख ६२ हजार ६३२ ले कम राजस्व सङ्कलन भएको लेखा अधिकृत शम्भुकुमार श्रेष्ठले जानकारी दिए ।
सङ्कलित राजस्वमा घर जग्गा रजिष्ट्रेशन, बैंक दृष्टि, रोक्कालगायतबाट रु ४६ करोड ३३ लाख ७४ हजार नौ, पूर्जा बिक्रीतर्फ रु दुई लाख २४ हजार २५०, बेरुजु दाखिलातर्फ रु पाँच लाख ४५ हजार ५१६, पूँजिगत लाभकार रु २० करोड ९७ लाख चार हजार ६३३, न्यायिक दस्तुर रु चार लाख ८९ हजार ४५७ र अन्यबाट रु दुई लाख २० हजार १३ रहेको छ ।
कोरोनाको महामारीका कारण नेपाल सरकारले गएको चैत ११ गते घोषणा गरेको बन्दाबन्दीले धेरै समयसम्म कार्यालयमा सेवाग्राही नआएकाले मालपोत कार्यालयबाट प्राप्त हुने राजस्वमा पनि असर परेको अधिकृत श्रेष्ठले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आव २०७६÷७७ मा रु तीन करोड १९ लाख ९५ हजार ५०० राजस्व सङ्कलन गरेको जानकारी दिएको छ । यी राजस्व सवारी नियम उल्लङ्घन गरेका कारण कारवाहीस्वरुप ट्राफिक प्रहरीले असुल गरेको छ ।
कारवाहीमा परेका १० हजार ७७० ट्रकबाट रु ६३ लाख ६६ हजार, तीन हजार ९१ बसबाट रु २२ लाख २९ हजार, जीप÷कारबाट १० हजार १७२ बाट रु ५७ लाख १८ हजार, छ हजार ५१ ट्रयाक्टरबाट रु ३७ लाख नौ हजार तथा मोटरसाइकल १९ हजार ३०४ थानबाट रु एक करोड १५ लाख ८६ हजार ५०० छन् ।
मादक पदार्थ सेवन गरी सवारीसाधन गुडाउँदा दुई हजार १६५ जना, नो पार्किङ स्थानमा सवारीसाधन पार्किङ गर्दा एक हजार १६१ जनासहित तीन हजार ९२१ जना कारवाही रु २३ लाख ८७ हजार जरिवाना असुल गरेको ट्राफिक प्रहरी निरीक्षक राकेश पोद्दारले जानकारी दिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: