मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले भौतिक पूर्वाधार विकास योजनाअन्तर्गत चालु आर्थिक वर्षमा रु ५३ करोडको लागतमा विभिन्न स्थानमा पाँचवटा पक्की पुल निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।
दुई वर्ष ६ महिना निर्माण कार्ययोजना रहेको सो पुलको निर्माणका लागि बोलपत्रसमेत आह्वान भएको सो गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार गाउँपालिका–१ देखि ४ सम्मको विभिन्न खोलामा निर्माण गरिने पुलको चौडाइ करिब ६ मिटर हुने बताइएको छ ।
उक्त पुल निर्माणको लागि हाल रु १२ करोड बजेट विनियोजन भइसकेको छ । गाउँपालिका–१ देखि वडा ४ सम्म निर्माण हुने पक्की पुलबाट त्यहाँका करिब ५०० घरपरिवार लाभान्वित हुने र आवागमनमा सजिलो हुने बताइएको छ । यस्तै गाउँपालिका–३ को टाग्राखोला, वडा नं १ को फसिन खोला, च्यापल खोला, हाँडीखोला र ढाडोखोलामा पुल निर्माण हुने भएको छ । वडा नं ३ को हाँडिखोला पुलमा सबैभन्दा कम रु आठ करोड र ढाडोखोलामा सबैभन्दा बढी रु १३ करोडको लागतमा पुल निर्माण हुने अनुमान गरिएको छ ।
गाउँपालिकाले गत आर्थिक वर्षमा शुरु गरेको पैदलमार्गको झोलुङ्गे पुल पनि यस वर्ष निर्माण सम्पन्न हुने गाउँपालिकाबाट थाहा भएको छ । गाउँपालिका अध्यक्ष एकराज उप्रेतीका अनुसार गत आर्थिक वर्षमा स–साना गरी करिब दुई दर्जन पुल निर्माण भइसकेको जानकारी दिइएको छ । अध्यक्ष उप्रेतीले गाउँपालिकाको आर्थिक र व्यावसायिक विकास तथा आवागमनको कामलाई सहज बनाउन पुल र सडक निर्माणमा जोड दिइएको जानकारी दिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: