Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

गाउँपालिकाद्वारा विद्यार्थीलाई एभोकाडोका बिरुवा वितरण

स्याङ्जा । आँधीखोला गाउँपालिकाले विद्यार्थीलाई निःशुल्क एभोकाडोका (घ्यू फल) बिरुवा वितरण गरेको छ । गाउँपालिकाभित्र रहेका १८ विद्यालयका कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई गाउँपालिकाले एभोकाडोका बिरुवा वितरण गरेको हो ।

गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले विद्यार्थीलाई अध्ययन सँगसँगै व्यावहारिक ज्ञानका माध्यमबाट आत्मनिर्भर बनाउने उद्देश्यका साथ एभोकाडोका बिरुवा वितरण गरिएको बताए । आफैँले लगाएको फल दिने बिरुवाको आम्दानीले विद्यार्थीले आफ्ना लागि सामान्य कापीकलमको खर्च सञ्चालन गर्दै आफ्नो कामप्रति स्वाभिमानी बन्दै बालबालिका उमेरमै उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउने योजनाअनुसार फल लाग्ने बिरुवा वितरण गरेको अध्यक्ष पौडेलको भनाइ छ ।

बिरुवा रोपेको चारदेखि छ वर्षभित्र उत्पादन दिने भएकाले अहिले रोपेको बिरुवाले कलेज पढ्ने बेलामा विद्यार्थीले आफ्नो क्याम्पसमा तिर्नुपर्ने शुल्क आफैँ तिर्न सकुन् भन्ने लक्ष्यका साथ बिरुवा वितरण गरिएको अध्यक्ष पौडेलले बताए ।

एभोकाडोमा पौष्टिक तत्व बढीमात्रामा पाइने भएकाले बजारमा यसको माग धेरै हुने र थोरै लगानीबाट राम्रो आम्दानी लिन सकिने भएकाले स्वास्थ्यका लागिसमेत लाभदायक मानिने एभोकाडो खेतीमा विद्यार्थीलाई आकर्षित गर्ने उद्देश्यले बिरुवा वितरण गरिएको गाउँपालिका उपाध्यक्ष शर्मिला पौडेलले बताए ।

एभोकाडो फल विक्रिका लागि कुनै समस्या नहुने र व्यापारीले अन्यत्र पनि बोटबाटै मोलमोलाइ गरेर खरिद गरेर लैजाने गरेको कृषि शाखा प्रमुख अर्जुन चापागाँईले बताए । यो फल प्रतिकिलो रु १५० देखि ५०० सम्ममा बिक्री हुने गरेको चापागाईले बताए ।

एभोकाडोको बिरुवाले फल्न थालेदेखि ५० वर्षसम्म उत्पादन दिने र एउटा बोटमा वार्षिक २०० किलोसम्म फल लाग्ने समुन्द्री सतहबाट ४०० देखि एक हजार ७०० मिटरसम्मको उचाइमा पहाडी भूगोलमा हुने भएकाले एभोकाडोको खेतीका लागि आँधीखोला गाउँपालिकाको हावापानी उपयुक्त रहेको कृषि प्राविधिक विवेक आचार्यले जनाए । एक जना विद्यार्थीलाई पाँच बिरुका दरले दुई हजार विद्यार्थीलाई निःशुल्क १० हजार ७०० ऐभोकाडोका बिरुवा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: