सुरुङ्गा । झापाको कनकाई नगरपालिका–४ स्थित कोटिहोममा कोभिड–१९ को परीक्षणका लागि स्थापना गरिएको पिसिआर मेशिन खरिदका लागि अन्तरराष्ट्रिय झापाली समाजले रु २५ लाख सहयोग गरेको छ ।
झापामा दिन प्रतिदिन कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जनस्तरबाट कोरोना परीक्षण प्रयोगशाला स्थापनाको पहल थालिएको थियो । जसका लागि झापामा ‘एकका लागि एक’ अभियान सञ्चालन गरिएको थियो । अभियानसँग साझेदारी गर्दै अन्तरराष्ट्रिय झापाली समाजका उपाध्यक्ष नवीन पोखरेलले आज बिर्तामोडमा आयोजित कार्यक्रमबीच समाजले पठाएको रु २५ लाखको चेक अभियानका संयोजक महेन्द्रकुमार गिरी र सहसंयोजक विनोद बस्नेतलाई हस्तान्तरण गरे ।
यसअघि झापामा सञ्चालित सहकारीहरुले समेत ल्याब स्थापनाका लागि रु २५ लाख अभियानलाई प्रदान गरेका थिए । अभियानबाट झण्डै रु डेढ करोड सङ्कलन गरेर कोटिहोममा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । स्थापना गरिएको ल्याब प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ ।
उता मेची अञ्चल अस्पतालमा समेत कोरोन परीक्षण प्रयोगशाला स्थापनाको पहल थालिएको छ । कोटिहोम र मेची अञ्चल अस्पतालको ल्याब सञ्चालनमा आएपछि झापासहित पूर्वको इलाम पाँचथर र ताप्लेजुङमा सङ्कलित स्वाब परीक्षणका लागि प्रदेश सरकारले धरान र विराटनगरमा स्थापना गरेको ल्याबसम्म स्वाब पुर्याउनुपर्ने बाध्यता हटेर जाने भएको छ ।
अहिले प्रदेश सरकारले स्थापना गरेको दुईवटा ल्याबमा प्रदेश नं १ का १४ जिल्लाको स्वाब परीक्षण हुँदै आएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: