लमजुङ । जिल्लाका विभिन्न स्थानबाट हराएको मोबाइल सम्बन्धित धनीलाई प्रहरीले हस्तान्तरण गरेको छ । २९ वटा हराएको मोबाइल प्रहरीले बरामद गरी आज जिल्ला प्रहरी कार्यालय बेँसीशहरमा सम्बन्धित व्यक्तिलाई बोलाएर हस्तान्तरण गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरीले हराएको मोबाइल खोजतलास गर्ने अभियान सञ्चालनका क्रममा उक्त मोबाइल जिल्ला भित्रका विभिन्न स्थान तथा व्यक्तिबाट बरामद गरी सम्बन्धित मोबाइल धनीलाई वितरण गरिएको प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए । यी विभिन्न प्रकारका २९ वटा मोबाइल रहेको र सबै गरी रु चार लाख ८० हजार ५०० बराबरको रहेको उनको भनाइ छ । अझै चारवटा मोबाइल फेला पारेको भए पनि काठमाडौँमा दुई, दमौली तनहुँमा एक र जिल्लाभित्रै एकवटा रहेको तथा तत्काल सम्भव नभएकाले केही दिनभित्र प्रहरीले ती मोबाइलसमेत बरामद गरी धनीलाई हस्तान्तरण गर्ने प्रहरीको भनाइ छ । ती चारवटा मोबाइल करीब ८० हजार बराबरको रहेको अनुमान प्रहरीले गरेको छ । हराएका वा चोरी भएका मोबाइल प्रहरीले फेला पारेर दिएपछि सम्बन्धित मोबाइल धनीले हर्षित हुँदै धन्यवाद दिएका थिए ।
प्रहरीले सो मोबाइलहरु फेला परे पनि मोबाइल चोरी गर्ने व्यक्तिहरु भने भेटाउन सकेका छैनन् । चोरी गरी अरूलाई नै मोबाइल बिक्री गरेकाले उनीहरु फेला नपरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फेला परेको मोबाइल तीन वर्षअघि देखि हराएको समेत बरामद गरिएको छ । जिल्लाबाट दर्जनौँ मोबाइल हराएको हुन सक्ने र खोजी जारी रहेको प्रहरी निरीक्षक पुनले बताए। उनले भने, “१० हजार रुपैयाँ सम्मको मोबाइल हराए वा चोरी भए पनि प्रहरीलाई खबर नगर्ने र ३० हजारदेखि माथिको मूल्यको मोबाइलमात्र हराएको प्रहरीलाई जानकारी आउने गर्नाले हराएको मोबाइलको सङ्ख्या यकिन भएको छ्रैन ।”
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: