Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

जापानी राजदूतसँग शिष्टाचार भेट

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङफेसँग नेपालका लागि जापानी राजदूत माशामिची साईगाले शिष्टाचार भेट भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा मन्त्री तुम्बाहाङफेले नेपाल–जापानको दौत्य सम्बन्ध धेरै लामो समयदेखि रहेको उल्लेख गर्दै जापान सरकारले पुर्याएको सहयोगको लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा आपसी सहयोग आदानप्रदानले दुई देशबीचको सम्बन्ध थप बलियो हुने बताए । उनले कानून निर्माण प्रक्रियामा दुई देशबीच भएका अनुभव आदानप्रदानबाट राम्रा अभ्यासलाई आत्मसात् गर्ने मौकासमेत मिल्ने भएकाले यसले कानून र न्यायको क्षेत्रमा सकारात्मक प्रभाव पर्ने कुरा व्यक्त गरे ।

राजदूतले साईगाले आगामी नोभेम्बर महिनामा हुने अन्तर्राष्ट्रिय न्यायिक अदालतको न्यायाधीशका लागि हुने चुनावमा जापानका तर्फबाट उम्मेद्वार रहेका हाल आइसीजेको बहालवाला न्यायाधीश डा ईवासावा युजीको पुनः निर्वाचनका लागि सहयोग गर्न आग्रह गरेका थिए । उक्त आग्रहमा मन्त्री तुम्बाहाङफेले जापानको उम्मेद्वारका लागि सहयोगको अपिलका सन्दर्भमा सकारात्मक रुपमा लिएको र नेपाल–जापानको सांसदबीच हुने गरेको दुई देशका संसदीय अभ्यासको अनुभव आदानप्रदान कार्यले संसदीय प्रक्रियामा सकारात्मक प्रभाव पार्ने कुरालाई निरन्तरता प्रदान गर्नुपर्ने कुरा व्यक्त बताए ।

राजदूतले साईगाले जापान सरकारले नेपालको न्याय तथा कानूनको क्षेत्रको विकासका लागि लिगल एडभाइजर उपलब्ध गराएको, विशेष गरी देवानी संहिता निर्माण प्रक्रियामा सहयोग पुर्याए अनुभव आदानप्रदान गर्ने मौका पाएको अनुभव सुनाए ।

राजदूत साईगोले जाइकाले नेपालका न्यायाधीश, न्याय तथा कानूनका क्षेत्रका कर्मचारी र अधिवक्ताका लागि प्रदान गर्दै आइरहेको तालीम कोभिड–१९ का कारणले स्थगित रहेकोमा अनुकूल स्थिति भएपछि त्यस्ता तालीमका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: