Khabar Dabali १४ श्रावण २०८३ बिहीबार | 30th July, 2026 Thu
Investment bank

सामाजिक सद्भाव भड्काउने दुस्साहस नगर्न सचेतक परियारको चेतावनी

खबरडबली संवाददाता

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सङ्घीय संसदीय दलका सचेतक एवम् सांसद प्रकाशचन्द्र परियारले नेपालको ऐतिहासिक सामाजिक सद्भाव र सांस्कृतिक सहिष्णुतामाथि कसैले पनि खेलबाड गर्न नहुने बताएको छन्।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद परियारले सुनसरीमा घटेको अप्रिय घटनाप्रति गहिरो दु:ख व्यक्त गरे। घटनामा ज्यान गुमाउने ओमप्रकाश मेहता र जयप्रकाश मेहताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे। साथै शोक सन्तप्त परिवारप्रति सहानुभूति प्रकट गर्दै स्थिति नियन्त्रण र सहजीकरणका लागि सरकारले देखाएको तत्परताप्रति धन्यवाद ज्ञापन गरे।

नेपालको धार्मिक तथा सांस्कृतिक विविधताको चर्चा गर्दै उनले भने, 'पशुपतिनाथमा बुद्धको मुकुट पहिराउने, हलेसी त्रिधाममा हिन्दू, बौद्ध र किराँतले एउटै आस्थाका साथ पूजा गर्ने र छठ पर्वमा मुस्लिम समुदायले पनि आस्था राख्ने अनुपम अभ्यास हाम्रै भूमिमा छ। इतिहासमा आजसम्म यहाँ धर्म र संस्कृतिका नाममा कहिल्यै युद्ध भएको छैन र हुन दिइने पनि छैन।'

पछिल्लो समय सुनसरीमा घटेका घटना र सद्भाव भड्काउने गतिविधिप्रति चिन्ता व्यक्त गर्दै उनले सदियौँदेखि कायम भाइचारा बिगार्न बाह्य वा भित्री शक्तिहरूबाट हुनसक्ने ुप्रोजेक्ट डिजाइनु प्रति उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिए।

सचेतक परियारले सुनसरीलगायत देशका विभिन्न भागका नागरिकलाई संयमित रहन र भ्रामक हल्लाको पछि नलाग्न अपिल गरे। साथै, सामाजिक सद्भाव बिगार्ने तत्त्वहरूको पहिचान गरी उनीहरूलाई कडा कानुनी दायरामा ल्याएर दोषीलाई कडा कारबाही गर्न सरकारसँग जोडदार माग गरे। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वीरगञ्जमा निषेधाज्ञा लागू, पाँच जनाभन्दा बढी भेला हुन रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बि...

प्रधानमन्त्री शाहले आजै राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार सुनसरीमा भएको घटनापछि विकस...

सुनसरी–मधेशको अवस्थाबारे छलफल गर्न रवि लामिछानेले बोलाए रास्वपा सांसदको आकस्मिक बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूको आकस्मिक बैठक बोला...

गोली लागेर घाइते विकास ठाकुरको अवस्था गम्भीर, हेलिकोप्टरबाट थप उपचारका लागि पठाइयो

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर घाइते भएका अर्का युवक विकास ठाकुरको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। जिल्ला प्रशासन कार्...

गृहमन्त्री गुरुङ सुनसरी जाने

काठमाडौं । सुनसरीमा विकसित सुरक्षा अवस्थाको अनुगमन तथा समन्वयका लागि गृहमन्त्री सुधन गुरुङ सुनसरी जाने भएका छन्। प्रधानमन्त्री बालेन शाहसँग छलफल गर...

सिरहामा तनाव थप चर्कियो, एबी मलमा आगजनी

काठमाडौं। सिरहामा प्रदर्शन हिंसात्मक बन्दै गएपछि आगजनी र तोडफोडका घटना बढ्न थालेका छन्। बिहीबार बिहानदेखि चर्किएको प्रदर्शनका कारण जिल्लाको सुरक्षा अव...

सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु

जनकपुरधाम । सिरहाको गोलबजारमा जारी तनावका बीच गोली लागेर एकजनाको मृत्यु भएको छ। कर्फ्यु आदेश लागू रहेकै बेला दुई पक्षबीचको झडप थप चर्किएपछि क्षेत्र...

सामाजिक सद्भाव भड्काउने दुस्साहस नगर्न सचेतक परियारको चेतावनी

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सङ्घीय संसदीय दलका सचेतक एवम् सांसद प्रकाशचन्द्र परियारले नेपालको ऐतिहासिक सामाजिक सद्भाव र सांस्कृत...

धनुषामा प्रदर्शन चर्किएपछि कर्फ्यु आदेश, जनकपुरसहित विभिन्न क्षेत्रमा निषेधाज्ञा

जनकपुरधाम । प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिकासहित विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। प्र...

सुनसरी घटनापछि राष्ट्रिय सुरक्षा परिषद् बैठक सम्पन्न, सामाजिक सद्भाव कायम गर्ने विषयमा छलफल

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिबारे समीक्षा गर्दै राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न भएको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending