काठमाडौँ । अनामनगर र मध्यबानेश्वर जोड्ने (मदन भण्डारी कलेज अगाडि रहेको) पुलको उचाइ कम गरिने भएको छ ।
निर्माणाधीन पुलको उचाइ बढी भएकाले आवतजावत गर्न कठिन हुने गुनासो आएकाले सो पुलको उचाइ कम गर्न लागिएको हो । सो पुलको डेढ मिटर उचाइ कम गर्न लागिएको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । वर्षाको समयमा पानीको तह माथिसम्म पुग्ने भएकाले पुल अग्लो बनाइएको डिभिजन प्रमुख कुबेर नेपालीले बताए । सो स्थानमा खोलाको जग्गा मिचिएको छ ।
हाल निर्माणको काम गरिरहेको कम्पनीले नै सो पुलको उचाइ कम गर्नेछ । उनले बताए, “हामीले सो पुलको उचाइ कम गर्न कम्पनीलाई भनिसकेका छौँ ।” प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको केही दिन पहिले भएको बैठकमा बोल्दै सदस्यहरुले पुल अग्लो हुँदा नागरिकले प्रयोग गर्न नपाएको बताएका थिए । देशभरका बिभिन्न स्थानमा बनेका पुल आवश्यकताभन्दा अग्लो भएको, खोला एकातिर र पुल अर्कातिर भएकोलगायतका गुनासो सडक विभागमा आउने गरेको छ । विभागले भने खोलाले समय समयमा यसको दिशा बदल्ने हुँदा दुई तीन वर्ष पहिले गरिएको डिजाइन पछि काम फरक पर्न सक्ने बताएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: