Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

कर्णालीमा कोराना सङ्क्रमितको सङ्ख्या एक हजार ९०० नाँघ्यो

सुर्खेत । मुलुकभर झैँ कर्णाली प्रदेशमा कोरोना सङ्क्रमण नियन्त्रणमा आउन सकेको छैन । बन्दाबन्दी खुलेको एकसाता पुग्दैछ । सरकारी तथा गैरसरकारी कार्यालय तथा शहर बजारमा नागरिकको भीडसमेत बढ्न थालेको छ ।

यसले विगतमा देखिएको कोेरोना भाइरसको मनोविज्ञानभन्दा अब कोरोना रोगले ग्रसित भएपछि नागरिक स्वास्थ्य संस्थामा आउने र मृत्यु हुने खतरा बढेको चिकित्सकले बताउँदै आएका छन् । कर्णाली प्रदेश अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा के।एन।पौडेलले विगतमा सङ्क्रमण मात्र देखिँदै आएकामा अब लक्षण नै देखिने अवस्थामा पुगेकाले खतरा बढेको बताए ।

कर्णालीको जुम्लामा सङ्क्रमित व्यक्ति निको भएर घर गएपछि कोरोना मुक्त भएको छ । यद्यपि परीक्षणको दायरा बढाउँदा सङ्क्रमण देखिने सम्भावना त्यत्तिकै रहेको चिकित्सकले प्रतिक्रिया दिँदै आएका छन् । आज मात्रै कर्णालीका ३१ जना व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए।

दैलेख अस्पतालमा गरिएको आरटी पिसिआर परीक्षणमा दुल्लु नगरपालिका दैलेखका २८ चौरजहारी नगरपालिका पिसिआर प्रयोगशालमा गरिएको परीक्षमा सल्यान कुमाख गाउँपालिकाका दुई र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा गरिएको आरडिटी पिसिआर परीक्षणमा चिङ्गाड गाउँपालिकाको एक जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले बताउनुभयो ।

उनका अनुसार शनिबार २७, आइतबार २८ र आज ३१ सङ्क्रमित थपिएसँगै कर्णालीमा कोरोना भाइरसबाट सङ्क्रमित हुने सङ्ख्या एक हजार ९१० पुगेको छ । १२ पुरुष र एक महिला सङ्क्रमित निको भएर घर फर्केसँगै कर्णालीमा कोरोना जितेर घर फर्कनेको सङ्ख्या एक ६५९ पुगेको मन्त्रालयको जनस्वास्थ्य शाखाले जनाएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy