तनहुँ । जिल्ला समन्वय समिति (जिसस) तनहुँले मौज्दात कोषको बचत रकम जिल्लाका १० स्थानीय तहहरुलाई बाडफाँड गरेको छ । जिल्लामा रहेका चार नगरपालिका र छ गाउँपालिकालाई करिब रु १५ करोड वितरण गरेको हो ।
शुक्ला गण्डकी नगरपालिकालाई रु दुई करोड र व्यास, भानु, भिमाद नगरपालिकालाई रु एक करोड ३० लाखका दरले रकम प्रदान गरिएको जिससले जनाएको छ । त्यसैगरी, बन्दीपुर, आँबुखैरेनी, देवघाट, ऋषिङ, घिरिङ, म्याग्दे गाउँपालिकालाई रु एक करोड १० लाखका दरले रकम बाँडफाँड गरिएको जिसस प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए ।
जिससले दमौलीस्थित आन्तरिक राजश्व कार्यालयलाई डेढ रोपनी जग्गा हस्तान्तरण गर्ने भएको छ । कार्यालयले नयाँ भवन निर्माण गर्न हालको जग्गा साँघुरो तथा अपुग भएको कारण देखाई जग्गा माग गरेको थियो । साविक फराकचौर–९ ‘ग’ हाल व्यास नगरपालिका कित्ता नं १२८३ को जग्गा प्रदान गर्न लागिएको हो । राजश्व कार्यालयको नयाँ भवन निर्माण भएको अवस्थामा तनहुँ जिल्लासहित लमजुङ, मनाङ र गोरखाका गरी चार–चार जिल्लाका नागरिकलाई सहज सेवा प्रवाह हुने जनाइएको छ । भवन निर्माण प्रयोजनका लागि हस्तान्तरण गर्ने निर्णय भएको जिसस प्रमुख वाग्लेले जानकारी दिए ।
चार जिल्ला कार्यक्षेत्र रहेको आन्तरिक राजश्व कार्यालय तनहुँमा ६६ हजार ८८८ जना करको दायरमा आएका छन् । सरकारले गत वर्षदेखि लेखा नं ९पान० अनिवार्यरूपमा लिएर मात्रै व्यपार व्यवसाय गर्न निर्देशन दिएपछि करको दायरमा आउनेको सङ्ख्या बढ्दै गएको हो ।
तनहुँ, लमजुङ, मनाङ र गोरखा गरी चार जिल्लाका उक्त सङ्ख्या करको दायरमा आएको कार्यालयका सूचना अधिकारी मोहनरमण त्रिपाठीले बताए । चार जिल्लामा सेवा दिँदै आएको उक्त कार्यालयले करदातालाई अझ बढी सहजरूपमा सेवा दिने उद्देश्यले सम्बन्धित जिल्लामा नै करदाता सेवा कार्यालय स्थापना गर्ने अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । उनका अनुसार लमजुङ र मनाङ जिल्लाका लागि लमजुङ र गोरखाको सदरमुकाममा समेत सेवा कार्यालय खोल्न लागेको हो ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: