Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

चेपाङ समुदायको सीप सिक्ने अवसर देऊ भनी स्थानीय तहसँग माग

मुग्लिन । इच्छाकामनाका चेपाङ समुदायका महिलाले सीप सिक्ने अवसर जुटाइदिन स्थानीय तहसँग माग गरेका छन् । पैरवी मञ्चद्वारा सोमबार इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा आयोजना गरिएको कार्यक्रममा अगुवा चेपाङ महिलाले आत्मनिर्भर बन्न सीपमूलक तालिमको माग गरेका हुन् ।

इच्छाकामना–३ का ज्योति चेपाङले आफूलाई आत्मनिर्भर बन्नका लागि चालक९ड्राइभर० पेशामा लाग्ने रुचि भएको र अर्थाभावका कारण तालिम लिनबाट बञ्चित भएको बताए । उनले भने, “मलाई चालक बन्न मन छ, तर कहाँ गएर सिक्ने नजिक तालिम केन्द्र छैन, त्यसमाथि आर्थिक जुटाउन सकिँदैन”, ज्योति चेपाङजस्तै दर्जनभन्दा बढी चेपाङ महिलाले चालक भन्ने सपना रहेको बताएका थिए ।

यस्तै अन्सु चेपाङले सिलाइबुनाइमा आफ्नो रुचि भएको र सजिलै गर्न सकिने भएकाले तालिम उपलब्ध गराइदिन आग्रह गरे । गाउँपालिकाले सञ्चालन गरेका विभिन्न सीपमूलक तालिमबारे आफूलाई थाहा नहुनेसमेत उनले बताए । अर्का चेपाङ महिला सुनिमाया चेपाङले ब्यूटीपार्लर तालिम लिई पसल सञ्चालन गरी आत्मनिर्भर बन्ने इच्छा रहेको सुनाए । डिलमाया चेपाङले समयमा उपलब्ध नहुने र आवश्यकतानुसार व्यावसायिकरूपमा खेती गर्न पर्याप्त नहुँदा गाउँपालिकाबाट वितरण गरिने बीउबिजनबाट लाभदायक नभएको र तरकारी खेती गर्दै आएकाले कृषि तालिमको व्यवस्था गरिदिन आग्रह गरे । केही चेपाङ महिलाले उच्च शिक्षा हासिल गरेर पनि बेरोजगार बस्नुपरेको गुनासो गरेका थिए ।

कार्यक्रममा वडाध्यक्ष गोवद्र्धन अधिकारीले चेपाङ महिलाको मागबमोजिम सीपमूलक तालिम उपलब्ध गराउन पहल गर्ने र वडा र गाउँपालिकाले कृषिमा विशेष जोड दिएको बताए ।
कार्यक्रममा गाउँपालिका कार्यपालिका सदस्य दमनकुमारी चेपाङले आफ्नो रुचि र योग्यताअनुसार विषय छनोट गरेर मात्र सीप लिँदा सदुपयोग हुने बताए । उनले गाउँ कार्यपालिकामा आफूले सबै माग लैजाने जानकारी दिए । गाउँपालिका कृषि शाखा प्रमुख आनन्द घिमिरेले चेपाङ समुदायका लागि कृषिमा विशेष जोड दिइने र अब सामूहिक खेतीमा लाग्न आग्रह गरे ।

कार्यक्रममा नेपाल चेपाङ सङ्घका केन्द्रीय महासचिव आइतसिंह चेपाङले विभिन्न सङ्घसंस्थाबाट सहयोग लिनुभन्दा अघि आफ्नो समुदायको पहिचान, धर्म संस्कृतिमाथि असर पुग्छ कि भनेर सोच्न आग्रह गरे । उनले पछिल्लो समय चेपाङ समुदायमा आत्मनिर्भर बन्नुपर्छ भन्ने सोचको विकास भएको बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy